गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकाको ओहियो राज्यमा आगलागी हुदाँ एकै परिवारका पाँच नेपालीको मृत्यु अमेरिकाको ओहियो राज्यमा आगलागी हुदाँ एकै परिवारका पाँच नेपालीको मृत्यु दीप संञ्चार भदौ २९, २०७८ गते २१:४४ मा प्रकाशित काठमाडौँ –अमेरिकाको ओहियो राज्यको एक्रन सहरनजिकै भएको भीषण आगलागीमा परी नेपाली मूलुकका पाँच भुटानीहरुको ज्यान गुमेको छ। उनीहरुमध्ये अधिकांश सुब्बा थरका थिए।एक्रननजिकै उनीहरु बसेको घर जल्दा पाँच जनाको ज्यान गुम्नुका साथै चार जना घाइते भएका छन्।एक्रनका स्थानीय अग्निनियन्त्रकहरुले सोमबार राति करिब १ बजे लिन्डेन एभेन्युको घरमा आगलागी भएपछि नियन्त्रणमा लिन तदारुकता लिएको फक्स न्युजले जानकारी दिएको छ।अग्निनियन्त्रकहरु पुग्दा घर आगोको लपेटामा घेरिएको स्थानीयहरुले सञ्चारमाध्यमलाई जानकारी गराएका छन्।घटनामा तीन बालबालिकासहित पाँचको ज्यान गुमेको हो।घटनामा नेपाली मूलका ६० वर्षीय पुरुष, ४८ वर्षीया महिला, ११ वर्षीय बालक तथा ५ र १६ वर्षका दुई बालिकाको ज्यान गुमेको हो। उनीहरु भुटानी शरणार्थीका रुपमा अमेरिका पुगेका हुन्।घटनामा बुवा गुमाएका याम सुब्बाले के भएको भन्ने पत्ता लाग्न नसकेको जानकारी स्थानीय सञ्चारमाध्यमहरुलाई दिएका छन्। उनी घटनाबारे जानकारी पाएर कोलम्बसबाट आएका थिए। उनका बुबा, सौतेनी आमा र तीन बालबालिका एक्रननजिकै रहेको उक्त घरमा बस्दै आएको उनले सुरक्षाकर्मीलाई जानकारी दिएका छन्।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने