गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ एकीकृत समाजवादीद्वारा राष्ट्रपतिमा खनाललाई प्रस्ताव एकीकृत समाजवादीद्वारा राष्ट्रपतिमा खनाललाई प्रस्ताव दीप संञ्चार पुस ५, २०७९ गते ८:३४ मा प्रकाशित नेकपा (एकीकृत समाजवादी) ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ।इलाम १ बाट नेकपा एमालेका महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा अघि सारिएको हो। सत्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारेको उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। उनले पद बाँडफाँट शक्ति सन्तुलनका आधारमा हुने भएकाले राष्ट्रपतिमा आफ्नो पार्टीले दाबी गर्ने बताएका हुन्।शक्ति सन्तुलन र पद बाँडफाँटबारे सोमबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच सघन रूपमा छलफलसमेत भएको थियो। आफ्नो निवास कोटेश्वरमा भएको छलफलका क्रममा अध्यक्ष नेपालले नेकपा एसले तत्कालै प्रधानमन्त्री दाबी नगर्ने तर राष्ट्रपतिको ‘बटमलाइन’ नछाड्ने बताएका थिए। अध्यक्ष नेपालले आलोपालो प्रधानमन्त्री हुनुपर्ने तर कसले पहिला नेतृत्व गर्ने भन्ने विषयमा कांग्रेस र माओवादी केन्द्रले आपसी समझदारीमै तय गर्नुपर्नेमा जोड दिएका थिए। ‘सरकार गठन अहिलेकै गठबन्धनबाट हुनुपर्छ भन्ने कुरामा नेकपा एस दृढ छ। आलोपालो सरकार सञ्चालन गर्ने विषयमा पनि पार्टी प्रस्ट छ। तर कसले पहिला नेतृत्व गर्ने भन्नेबारे दुई पार्टीले आपसी समझदारीमा तय गर्नुपर्छ,’ नेपालको भनाइ उद्धृत उर्दै उनीनिकट एक नेताले भने।सोमबार दिउँसो मात्रै अध्यक्ष नेपालले वामपन्थी सरकार बनाउने विषय अल्मल्याउन गरिएको ‘फन्डा’ मात्रै भएको बताए। पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अहिलेको अवस्थामा वाम गठबन्धन भनेर अल्मल्याउन खोजिएको तर सरकार भने गठबन्धनकै बन्ने बताए। उनले गठबन्धनमा रहेका दलहरूले अहं प्रस्तुत गरे नेकपा एसले जस्तोसुकै निर्णय लिन सक्ने पनि बताए। उनले कसैको पनि बहुमत नआएकाले कस्तो सरकार बन्छ भनेर आम चासोको विषय बनेको पनि बताए। यो खबर आजको नागरिकदैनिकमा प्रकाशित छ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #एकीकृत समाजवादी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै