गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ मेलम्चीको पानी तेस्रो पटक काठमाडौँ उत्यकामा ल्याउने तयारी सुरु मेलम्चीको पानी तेस्रो पटक काठमाडौँ उत्यकामा ल्याउने तयारी सुरु दीप संञ्चार असोज २७, २०७९ गते ७:०२ मा प्रकाशित मेलम्चीको पानी तेस्रो पटक काठमाडौँ उत्यकामा ल्याउने तयारी सुरु गरिएको छ। पानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससम्म पुग्न बाढीले बगाएका पहुँच सडक तथा पुलको अस्थायी निर्माण सुरु गरिएको छ ।मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि नै मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी तयारी सुरु गरिएको बताउनुभयो। यस वर्षको मनसुनी वर्षा सुरु हुन थालेपछि जेठ १७ गतेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान बन्द गरिएको थियो। वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहान तथा सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण गर्ने सुरुङका ढोका बन्द गरिएका थिए।कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, ‘‘यस वर्षको बाढीले पु(याएको क्षतिबारे मूल्याङ्कन गर्न आयोजनाका इन्जिनियर, भूगर्भविद् तथा निर्माण व्यवसायीसहितको टोलीले स्थलगत अध्ययन गरी तयार पारेको प्रारम्भिक प्रतिवेदनका आधारमा अहिले सडक तथा पुल निर्माणको काम सुरु भइसकेको छ।” उहाँका अनुसार सडक र पुल तत्कालका लागि अस्थायी रूपमा नै निर्माण गर्नुपर्ने भएकाले छिट्टै नै काम सम्पन्न हुनेछ। यस वर्षको बाढीपहिरोले गत वर्ष जस्तो ठूल्ठुला ढुङ्गा तथा गेग्रान नल्याएकाले यसपालि पानी ल्याउन कठिन नहुने उहाँको भनाइ छ।उहाँका अनुसार आयोजना स्थलसम्म पुग्न करिब दुई सडक र पाँचवटा पुलको निर्माण गर्नुपर्ने हुन्छ। यस वर्षको वर्षायाममा आएको बाढीपहिरोले ती सडक र पुलमा क्षति पु¥याएको थियो। श्रेष्ठले भन्नुभयो, “सडक र पुलमा क्षति पुगेका कारण स्थलगत अध्ययन टोली आयोजनाको मुहानसम्म पुग्न नसके पनि ड्रोनको सहायताले त्यहाँको क्षतिबारे करिब–करिब यकिन भइसकेको छ। मुहान स्थलमा ठूलो क्षति पुगेको देखिएको छैन।”बर्खा लाग्नुअघि नै आयोजनाको मुहान तथा पानी पथान्तरण गर्ने सुरुङका ढोका बन्द गरिएकाले मुहान तथा सुरुङमा क्षति नपुगेको उहाँले बताउनुभयो। पहुँच सडक र पुलबाहेक अरू संरचना निर्माण गर्नु नपर्ने अवस्था देखिएको उहाँले बताउनुभयो। आयोजना कार्यालयले मुख्य गरी हेडवक्र्स तथा अम्बाथानस्थित ‘वाटर अडिट’को निर्माण गर्नेछ भने अन्य पहुँच सडक तथा पुलको निर्माण आयोजनाकै आर्थिक लगानीमा सम्बन्धित पालिकाले निर्माण गरिरहेको उहाँले बताउनुभयो।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल