गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ ६ वटै महानगरमा तालमेलको विपक्षमा कांग्रेस ६ वटै महानगरमा तालमेलको विपक्षमा कांग्रेस दीप संञ्चार वैशाख ५, २०७९ गते ७:२८ मा प्रकाशित काठमाडौँ – सत्तारूढ पाँच दलले देशैभर स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी बनाउँदै गर्दा नेपाली कांग्रेसको महानगर कार्यसमिति भने धमाधम तालमेलको विपक्षमा उभिएका छन् ।देशका ६ वटै महानगर कार्यसमिति र महानगरका वडा समितिहरू नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले गरेको तालमेलको निर्णयप्रति असन्तुष्ट छन् । उनीहरू कुनै हालतमा केन्द्रले थोपर्ने तालमेलको निर्णयविरुद्ध उत्रने तयारीमा छन् ।२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा ६ महानगरपालिकामध्ये कांग्रेसले विराटनगर र ललितपुर महानगरपालिकामा जित हात पारेको थियो । वीरगन्ज महानगरमा जसपा, पोखरा र काठमाडौंमा नेकपा एमाले तथा भरतपुरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए ।यसपटक भरतपुर महानगरपालिकामा कांग्रेस कुनै हालतमा अरू दलसँग तालमेल गरेर महानगरको प्रमुख पद छाड्ने पक्षमा छैन । भरतपुर महानगरमा शनिबार केही क्रियाशील सदस्य तथा साधारण सदस्यहरूले तालमेलविरुद्धमा पार्टी परित्याग गर्नेसम्मको घोषणा नै गरिसकेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट