गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ दैनिक २० हजार संक्रमित थपिने चेतावनी दैनिक २० हजार संक्रमित थपिने चेतावनी दीप संञ्चार माघ ५, २०७८ गते ८:५५ मा प्रकाशित काठमाडौँ -कोरोना संक्रमणको जोखिमले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदबारसँगै अन्य सार्वजनिक निकायको सेवा प्रवाह पनि प्रभावित बन्दै गएको छ । मंगलबार नेपालमा सबैभन्दा धेरै संक्रमितको संख्या देखिएको छ ।पछिल्लो २४ घण्टामा १० हजार २ सय ५८ जनामा कारोना संक्रमण पुष्टि भएको पाइएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि देशको मुख्य प्रशासनिक केन्द्रभित्रको प्रवेशमा गृह मन्त्रालयले कडाइ गरेको छ । सिंहदबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग र कार्यालयबाट जारी अस्थायी परिचयपत्र खारेज गरिसकेको छ । यसले गर्दा सिंहदबार सुनसान देखिएको छ । कर्मचारी पनि कोरोना संक्रमित हुन थालेपछि त्यहाँबाट दिँदै आएको सेवा पनि प्रभावित बनेको छ ।सर्वोच्च अदालतले पनि बुधबारदेखि लागू हुने गरी सेवा कटौती गर्ने निर्णय गरिसकेको छ । कार्यालयमा कोरोना संक्रमितको सख्ंया बढ्दै गएपछि उपत्यकाका स्थानीय तह र त्यसअन्तर्गतका वडा कार्यालयको सेवा प्रवाह पनि प्रभावित बनेको छ ।बढी मानिस भीडभाड हुने मालपोत कार्यालय, नापी कार्यालय, कर कार्यालयमा सेवा प्रवाह व्यवस्थित गर्ने वा अत्यावश्यक सेवामात्र प्रवाह हुने गरी व्यवस्थित गर्नुपर्ने विषयमा छलफल शुरु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ दोस्रो साता कोरोना संक्रमणको तेस्रो लहर उत्कर्षमा पुग्ने भन्दै दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल