गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ सिंहदरबारमा भीड कम : कर्मचारी व्यस्त, काम चुस्त सिंहदरबारमा भीड कम : कर्मचारी व्यस्त, काम चुस्त दीप संञ्चार पुस ३०, २०७८ गते ८:३३ मा प्रकाशित काठमाडौँ -कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेश गर्न यसअघि दिइएका सबै प्रकारका पास रद्द गरेपछि बिहीबार सरकारको मुख्य प्रशासनिक केन्द्रमा हुने काम र मानिसको चाप घटेको छ ।कर्मचारीबाहेक अरूले सिंहदरबार प्रवेशगर्न नपाएपछि मन्त्रालयभित्र मात्र होइन, सिंहदरबार परिसरका सडक पनि खालीजस्तै देखिन्थे भने सबै मन्त्रालयका चिया पसलमा पनि खासै भीडभाड थिएन ।राजनीतिक भेटघाट र अन्य कामका लागि आउने हरूको पास रद्द भएपछि मन्त्रालयहरूमा भीड पनि घटेको छ । बिहीबार दिनभरि प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनकराज भट्टको टेबलमा खासै फाइलको चाङ थिएन । सिंहदरबारस्थित उनको सचिवालयमा कार्यालयका कर्मचारीबाहेक अरू मान्छे पनि थिएनन् ।प्रधानमन्त्रीको भेटघाटको तिथिमिति तय, कार्यक्रमको व्यवस्थापन, कर्मचारी सरुवा, योजनामा बजेटका लागि सिफारिस, आयोग, प्रतिष्ठानका कामकारबाही, वैदैशिक भ्रमण, मन्त्रिपरिषद्मालै जाने प्रस्ताव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धलगायतका दर्जनौँ प्रकृतिका काममा सधैँ व्यस्त हुनुपर्ने प्रधानमन्त्रीको निजी सचिवालयमा दैनिक सयौँ फाइलको चाङ लाग्ने गर्छ । तर बिहीबार भने सचिवालयमा सिंहदरबार भित्र रहेका मन्त्रालयहरूबाट प्राप्त हुने फाइल, चिठ्ठीपत्रबाहेक खासै कामको चाप देखिएन। यो समाचार गोरखापत्र दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट