गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ समुदायमै फैलियो कोरोना, खेलाँची नगरौं समुदायमै फैलियो कोरोना, खेलाँची नगरौं दीप संञ्चार पुस २९, २०७८ गते ८:५६ मा प्रकाशित काठमाडौँ -कोरोनाका नयाँ भेरियन्ट डेल्टा र ओमिक्रोनको संक्रमण बढेपछि केही दिनयता संक्रमितहरूले सचेत गराइरहेका छन्। संक्रमणको पहिलो र दोस्र्रो लहरमा लुकाउने बानी रहेकोमा यसपटक प्रष्ट्याउने प्रवृत्ति देखा परेको छ।जनस्वास्थ्यविज्ञ डा. शरद वन्त आफू संक्रमित भएको जानकारी खुला रूपमा सार्वजनिक गर्नु सकारात्मक भएको बताउँछन्। ‘कोरोनाको पहिलो र दोस्रो संक्रमण अवधिमा संक्रमितहरू परिचय लुकाउँथे,’ डा। वन्त भन्छन्, ‘अहिले खुला रूपमा सार्वजनिक गर्दा सकारात्मक सन्देश जान्छ। सावधानी र सजगता अपनाउन प्रेरित गर्छ।’समुदायमा संक्रमणस्थानीय तहमा पनि डेल्टा र ओमिक्रोन संक्रमण पुष्टि भएकाले समुदाय तहमै संक्रमण फैलिसकेको जनस्वास्थ्य विज्ञहरूको दाबी छ।डेल्टासँगै ओमिक्रोन भेरियन्टका संक्रमणका कारण तेस्रो लहरको संकेतहरू देखिएका छन्। जनस्वास्थ्य विज्ञ डा। वन्त भन्छन्, ‘समुदाय तहमा संक्रमण भएको कुरालाई नकार्न मिल्दैन। केश हेर्दा सबै आयातीत मात्र छैनन्। पहिचान भएका संक्रमिहरू मिश्रण छ।’ पुस महिनाभित्र संक्रमण प्रवृत्ति २३ दशमलव ६ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधबार ३ हजार ७५ जना नयाँ संक्रमित थपिएका छन्। अहिले कुल संक्रमितको संख्या ११ हजार ६ सय ९० पुगेको छ। हालसम्म २७ जना व्यक्तिमा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट