पाँच सहमहामन्त्रीको मतगणना आज
काठमाडौँ
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको आठ सहमहामन्त्री पदको निर्वाचनमध्ये पाँच पदको मतगणना आझ सुरु हुने भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार राति घोषणा भइसकेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेको हो ।
मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण यादव प्रतिस्पर्धामा छन्।
खसआर्य समूहको सहमहामन्त्रीमा देउवा समूहबाट किशोरसिंह राठौर, कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् भने थारु कलस्टरमा देउवा समूहबाट उमाकान्त चौधरी र कोइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार छन्।
मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र कोइराला तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन्।
पिछडिएको क्षेत्र कलस्टरको सहमहामन्त्रीमा देउवा समूहबाट जीवनबहादुर शाही, कोइराला समूहबाट बद्री पाण्डे र निधि समूहबाट चेतराज बराल उम्मेदवार छन् ।
क्याटेगोरी : पत्रपत्रिका
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस