गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ बहिनी बलात्कार गर्ने नेपाली युवकलाई भारतमा फाँसीको सजाय बहिनी बलात्कार गर्ने नेपाली युवकलाई भारतमा फाँसीको सजाय दीप संञ्चार असोज १०, २०७८ गते ७:१९ मा प्रकाशित काठमाडौँ –आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड)को सजाय दिइएको छ।भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो।चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले फाँसीको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए। गाउँमा बुबाआमाको मृत्युपछि सौतेनी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएको बताइएको छ। पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरी अदालतमा आरोपपत्र दर्ता गरेका थिए।प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा। ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले शुक्रबार आरोपीलाई फाँसी दिएर मृत्युदण्डको सजाय सुनाएको पत्रिकामा उल्लेख छ। उक्त सजाय भारतीय अपराध दण्ड संहिताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको छ। यो समाचार राजधानी दैनिकमा छ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै