गृहपृष्ठ ∕ धर्म संस्कृति ∕ महाष्टमीमा महाकालीका लागि किन दिइन्छ पशु बलि ? महाष्टमीमा महाकालीका लागि किन दिइन्छ पशु बलि ? दीप संञ्चार कात्तिक ५, २०८० गते ७:०० मा प्रकाशित आज बडादसैँको आठौँ दिन, अर्थात् महाअष्टमी । यस दिन महाकाली (भद्रकाली) को विशेष पूजाआजा गरिन्छ ।महाअष्टमीका दिन दसैँ घर तथा जमरा कोठामा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्ने प्रचलन छ । यसलाई कतिपय ठाउँमा दुर्गा थापेको पनि भनिन्छ ।यस दिन कलपुर्जा, हातहतियार र सवारी साधनको समेत बलिसहित पूजा गरिन्छ । पशुबलि नचढाउनेले पनि जमरा कोठामा घिरौँला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।आज देशभरका विभिन्न शक्तिपीठहरुमा बली चढाउने र पूजाआराधना गर्नेहरूको घुइँचो लाग्छ । दसैँघर, कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजा अर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा पनि छ ।प्राचीनकालमा दक्षप्रजापतिको यज्ञ नास गर्ने ज्यादै शक्तिशाली भद्रकालीका साथ अष्टमीका दिन उत्पन्न भएको विश्वासमा पूजा गर्ने चलन चलिआएको देवी भागवतमा उल्लेख गरिएको छ ।क्याटेगोरी : धर्म संस्कृतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…हेर्नुहोस्, आजको राशिफलआज २०८० साल फागुन १२ गते शनिबारको राशिफलतामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट