गृहपृष्ठ ∕ धर्म संस्कृति ∕ बिहीबार कुन भगवानको कसरी व्रत बस्दा लाभ मिल्छ ? थाहा पाउनुहोस् बिहीबार कुन भगवानको कसरी व्रत बस्दा लाभ मिल्छ ? थाहा पाउनुहोस् दीप संञ्चार असोज ७, २०७८ गते ६:१० मा प्रकाशित हिन्दुधर्म शास्त्रमा बार अनुसार फरक फरक भगवानको पूजा गर्नु पर्ने उल्लेख छ ।हिन्दू धर्मावलम्बीहरुले बिहीबार गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा–आराधना गर्ने गर्दछन् । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । यो दिन पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शौभाग्य मिल्ने विश्वास छ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।यो व्रत शुक्ल पक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ । त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ ।कसरी पूजा गर्ने ?बिहान स्नानपछि पहेलो वस्त्र धारण गर्ने । त्यसपछि पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने र यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गर्नुपर्छ ।यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ । व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ । बिहीबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने चलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा लाभ मिल्नेछ । भोजन गर्दा एक छाक नुन बार्नु पर्दछ । एजेन्सीको सहयोगमाक्याटेगोरी : धर्म संस्कृति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…हेर्नुहोस्, आजको राशिफलआज २०८० साल फागुन १२ गते शनिबारको राशिफलतामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल