गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ एकअर्कामाथि मिसाइल आक्रमण भएपछि पाकिस्तान पुगे इरानी विदेशमन्त्री एकअर्कामाथि मिसाइल आक्रमण भएपछि पाकिस्तान पुगे इरानी विदेशमन्त्री दीप संञ्चार माघ १५, २०८० गते १३:४९ मा प्रकाशित एजेन्सी – इरानका विदेशमन्त्री हुसेन आमिर अब्दुल्लाहियान पाकिस्तान पुगेका छन् । उनी पाकिस्तानका विदेशमन्त्री जलील अब्बास जिलानीको निमन्त्रणामा इस्लामावाद पुगेका हुन् ।भ्रमणका क्रममा विदेशमन्त्री अब्दुल्लाहियानले पाकिस्तानी विदेशमन्त्री जिलानीसँग द्विपक्षीय वार्ता गर्ने र प्रधानमन्त्री अनवारुल हक कक्कडसँग भेटवार्ता गर्ने छन् ।इरानका विदेशमन्त्रीको यो भ्रमण यस्तो समयमा भएको हो जब दुवै देशले केहि साताअघि एकअर्काको सीमामा प्रवेश गरी मिसाइल हमला गरेका थिए ।यसै महिना इरानले पाकिस्तानको बलुचिस्तान क्षेत्रमा मिसाइल प्रहार गरेको थियो । यस आक्रमणमा दुई बालबालिकाको मृत्यु र तीन जना घाइते भएका थिए । इरानले सुन्नी चरमपन्थी समूह जैश अल(अदलका दुईवटा अखडालाई निशाना बनाएको बताएको छ।यसपछि पाकिस्तानले पनि इरानमा मिसाइल प्रहार गरेको थियो । पाकिस्तानले इरानको सिस्तान बलुचिस्तान प्रान्तको पञ्जगुर क्षेत्रमा यस्तै हमला गरेको थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल