गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी दीप संञ्चार पुस १७, २०८० गते २०:२७ मा प्रकाशित एजेन्सी । टोकियोको हानेदा विमानस्थलमा रहेको जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ । स्थानीय समयानुसार मंगलबार साँझ धावनमार्गमा आगलागी भएको हो ।जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई सकुशल निकालिएको छ । जापानको सरकारी प्रसारक एनएचकेले जारी गरेको फुटेजमा विमानको झ्यालबाट धुवाँ निस्किरहेको देखिन्छ।अधिकारीहरूलाई उद्धृत गर्दै एनएचकेले दुई रनवेमा दुईवटा विमान आपसमा ठोक्किँदा आगो लागेको हुनसक्ने बताएको छ।केही मिडिया रिपोर्टले विमानको ठक्करको फुटेज देखाएको छ। यसमा रनवेमा उभिएको विमानसँग ठोक्किएपछि अर्को विमान अगाडि बढ्छ । यसै क्रममा दुवै विमानमा ठूलो आगो लागेको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार धावनमार्गमा पार्क गरिएको कोस्ट गार्डको विमानसँग ठोक्किँदा यो दुर्घटना भएको हुनसक्छ । रोयटर्सले कोस्ट गार्डलाई उद्धृत गर्दै भनेको छ कि उनीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्।जापान एयरलाइन्सका प्रवक्ताले उक्त विमान होक्काइडोको शिन(चितोसे विमानस्थलबाट उडेको बताए ।जापान एयरलाइन्सको विमानमा आगलागीको पहिलो तस्वीरअहिले यो दुर्घटनाको दृश्य बाहिर आएको छ । जापानको सरकारी प्रसारक एनएचकेले अधिकारीहरूलाई उद्धृत गर्दै हानेडा विमानस्थलमा पार्किङ गरिएको अर्को विमानसँग ठोक्किँदा यो दुर्घटना भएको हुन सक्ने बताएको छ।जापान एयरलाइन्सको उडानमा धेरै यात्रुहरूले प्रश्न उठाएको पनि रिपोर्टहरू छन्। तर, यसबारेमा अहिलेसम्म स्पष्ट जानकारी आएको छैन ।तर दुर्घटनाका तस्विर र भिडियोमा विमानमा ठूला ठूला आगो निस्केको देखिन्छ । झ्यालबाट आगो र धुवाँ उठिरहेको देखिन्छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै