गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ टेक्सासमा भएको सवारी दुर्घटनामा ६ भारतीय मूलका नागरिकको मृत्यु टेक्सासमा भएको सवारी दुर्घटनामा ६ भारतीय मूलका नागरिकको मृत्यु दीप संञ्चार पुस १२, २०८० गते १३:४८ मा प्रकाशित टेक्सास– अमेरिकाको टेक्सासमा भएको सडक दुर्घटनामा भारतीय मूलका ६ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशका एक एनआरआई परिवारका ६ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन ।सो दुर्घटना क्रिसमसको भोलिपल्ट २६ डिसेम्बरमा भएको हो, जुन परिवार आन्ध्र प्रदेशको अमलापुरमबाट अमेरिकामा बसोवास गर्न आएका हुन ।अमेरिकी सञ्चारमाध्यमका अनुसार मारिएका व्यक्ति गत मंगलबार टेक्सासस्थित अर्का आफन्तको घरमा गएका थिए । त्यसपछि सबैजना स्थानीय चिडियाखाना गएर त्यहाँबाट मिनी भ्यानमा घर फर्किरहेका थिए । सोही क्रममा जोन्सन काउन्टी नजिकै एउटा पिकअप ट्रकले उनीहरू सवार कारलाई ठक्कर दिएको छ।सो दुर्घटनामा परी मिनी भ्यानमा सवार ६ जनाको मृत्यु भएको छ भने लोकेश नामका एकजना भने जीवित रहेका छन् । तर, उनको अवस्था निकै नाजुक रहेको जनाइएको छ । सोही क्रममा पिकअपमा सवार दुवै जना घाइते भएका छन् र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।पिकअप ट्रक गलत दिशामा गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार घाइतेहरूलाई हेलिकप्टरबाट मेडिकल सुविधामा लगिएको थियो तर तीमध्ये ६ जनाको अस्पतालमा पुगे पछि मृत्यु भएको घोषणा गरिएको थियो।मृतकहरूको पहिचान विधायक पोन्नडा वेंकटका सतीश कुमारका काका पी नागेश्वर राव, सीता महालक्ष्मी, नवीना, कृतिक र निशिताको रूपमा गरिएको छ। छैटौँ व्यक्तिको नाम भने खुल्न सकेको छैन ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #दुर्घटना तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै