गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ फ्रान्समा रोकिएको ३०३ भारतीय यात्रु सवार विमानलाई देश छोड्न अनुमति फ्रान्समा रोकिएको ३०३ भारतीय यात्रु सवार विमानलाई देश छोड्न अनुमति दीप संञ्चार पुस ९, २०८० गते १२:५१ मा प्रकाशित एजेन्सी । संयुक्त अरब इमिरेट्सबाट निकारागुआका लागि ३०३ भारतीय यात्रु बोकेको विमान शुक्रबार फ्रान्समा अवतरण गरिएको थियो ।मिडिया रिपोर्टका अनुसार यो विमानलाई तीन दिनपछि फ्रान्स छोड्ने अनुमति दिइएको छ। अब यो विमान सोमबार उड्न सक्नेछ । उक्त विमान मानव बेचबिखनका लागि प्रयोग भएको आशंका गरिएको थियो । यही कारणले रोकिएको हो ।लोकप्रिय फ्रान्सेली समाचार च्यानल बिएफएम टिभीका अनुसार रोमानियाको लेजेन्ड एयरलाइन्सले सञ्चालित यो विमानलाई देश छोड्न अनुमति दिएपछि फ्रान्सेली न्यायपालिकाले प्रक्रियामा त्रुटि भएको भन्दै सुनुवाइ रद्द गर्ने निर्णय गरेको हो।तर, लेजेन्ड एयरलाइन्सले मानव बेचबिखनमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । फ्रान्समा मानव बेचबिखनमा संलग्न भए २० वर्ष जेल सजायको व्यवस्था छ ।समाचार एजेन्सी पीटीआईका अनुसार चार फ्रान्सेली न्यायाधीशले आइतवार ‘मानव तस्करी’ को आशंकामा पक्राउ परेका यात्रुहरूलाई सोधपुछ गरेका थिए। पेरिसबाट १५० किलोमिटर पूर्वमा रहेको भाट्री एयरपोर्टमा सोधपुछ भएको थियो।यो विमान सोमबार बिहान फेरि उडान भर्ने अपेक्षा गरिएको छ। यद्यपि यो कहाँ जान्छ अझै थाहा छैन। यो भारत, निकारागुआ, दुबई जहाँ पनि जान सकिने बताइएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै