गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ फ्रान्समा रोकिएको ३०३ भारतीय यात्रु सवार विमानलाई देश छोड्न अनुमति फ्रान्समा रोकिएको ३०३ भारतीय यात्रु सवार विमानलाई देश छोड्न अनुमति दीप संञ्चार पुस ९, २०८० गते १२:५१ मा प्रकाशित एजेन्सी । संयुक्त अरब इमिरेट्सबाट निकारागुआका लागि ३०३ भारतीय यात्रु बोकेको विमान शुक्रबार फ्रान्समा अवतरण गरिएको थियो ।मिडिया रिपोर्टका अनुसार यो विमानलाई तीन दिनपछि फ्रान्स छोड्ने अनुमति दिइएको छ। अब यो विमान सोमबार उड्न सक्नेछ । उक्त विमान मानव बेचबिखनका लागि प्रयोग भएको आशंका गरिएको थियो । यही कारणले रोकिएको हो ।लोकप्रिय फ्रान्सेली समाचार च्यानल बिएफएम टिभीका अनुसार रोमानियाको लेजेन्ड एयरलाइन्सले सञ्चालित यो विमानलाई देश छोड्न अनुमति दिएपछि फ्रान्सेली न्यायपालिकाले प्रक्रियामा त्रुटि भएको भन्दै सुनुवाइ रद्द गर्ने निर्णय गरेको हो।तर, लेजेन्ड एयरलाइन्सले मानव बेचबिखनमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । फ्रान्समा मानव बेचबिखनमा संलग्न भए २० वर्ष जेल सजायको व्यवस्था छ ।समाचार एजेन्सी पीटीआईका अनुसार चार फ्रान्सेली न्यायाधीशले आइतवार ‘मानव तस्करी’ को आशंकामा पक्राउ परेका यात्रुहरूलाई सोधपुछ गरेका थिए। पेरिसबाट १५० किलोमिटर पूर्वमा रहेको भाट्री एयरपोर्टमा सोधपुछ भएको थियो।यो विमान सोमबार बिहान फेरि उडान भर्ने अपेक्षा गरिएको छ। यद्यपि यो कहाँ जान्छ अझै थाहा छैन। यो भारत, निकारागुआ, दुबई जहाँ पनि जान सकिने बताइएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल