गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ संसद् बैठक चलिरहेको बेला दुई अज्ञात व्यक्ति प्रवेश गरेपछि… संसद् बैठक चलिरहेको बेला दुई अज्ञात व्यक्ति प्रवेश गरेपछि… दीप संञ्चार मंसीर २७, २०८० गते २०:२६ मा प्रकाशित एजेन्सी । भारतको लोकसभामा बुधबार संसदको कार्यवाही चलिरहेको बेला एक व्यक्तिले दर्शक ग्यालरीबाट हाम फालेको घटना सार्वजनिक भएको छ ।भिडियोमा उक्त व्यक्ति सांसदको बेन्चमाथि उफ्रिँदै सभामुखको कुर्सीतर्फ सर्दै गरेको देख्न सकिन्छ । सांसदहरूले यो व्यक्तिलाई पक्रन खोजिरहेका छन्। यो भिडियोमा पनि देख्न सकिन्छ ।यस घटनापछि धेरै सांसदहरूले मिडियालाई भने, ‘लोकसभाको दर्शक ग्यालरीबाट दुई जनाले हाम फालेका थिए।’मिडिया रिपोर्टका अनुसार यी मानिसहरुको हातमा ‘रङ स्मोग’ थियो । पश्चिम बंगालका बीजेपी सांसद खानेन मुर्मुले लोकसभामा बोल्दै गर्दा यी मानिसहरू दर्शक ग्यालरीबाट हाम फालेको बताए।त्यतिबेला राजेन्द्र अग्रवाल सभामुखको कुर्सीमा बसेका थिए ।राजेन्द्र अग्रवालले संसदबाट बाहिर निस्केर सञ्चारकर्मीलाई भने, ‘दर्शक ग्यालरीबाट एक व्यक्ति खसे, हामीलाई खसेको महसुस भयो । तर अर्को व्यक्ति रेलिङ समातेर हाम फालेको थियो । त्यसपछि दुवैजना हाम फालेको हुनुपर्छ भन्ने मनमा आयो । एकजनाले जुत्ताबाट केही निकालेर धुवाँ फैलाए । चिच्याउने आवाज आयो । पछि सुरक्षाकर्मीले उनलाई समातेका थिए । उनीहरुलाई लिएर गए । अब हामी तिनीहरू को हुन् र तिनीहरू कहाँबाट आएका थिए थाहा हुनेछ।’तृणमूल कांग्रेसका सांसद सुदीप बन्दोपाध्याय र समाजवादी पार्टीकी सांसद डिम्पल यादवले यसलाई सुरक्षाको कमजोरी भनेका छन्।आज संसदमा भएको आक्रमणको वार्षिकी पनि हो । १३ डिसेम्बर २००३ मा भारतीय संसदमा चरमपन्थीहरूले आक्रमण गरेका थिए।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट