गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ साउदी अरब : अब २० दिनसम्म स्कुलमा छोराछोरी नपठाउने आमाबाबुलाई जेल सजायँ साउदी अरब : अब २० दिनसम्म स्कुलमा छोराछोरी नपठाउने आमाबाबुलाई जेल सजायँ दीप संञ्चार भदौ ९, २०८० गते २१:२२ मा प्रकाशित साउदी अरेबियामा अब बालबालिका विद्यालय नजानु अभिभावकका लागि समस्याको कारण बन्न सक्छ । त्यहाँको शिक्षा मन्त्रालयका अनुसार विना कुनै बहाना वा कारण २० दिन विद्यालयमा बिद्यार्थी नआएका विद्यार्थीका अभिभावकलाई जेल हाल्न सक्ने कानुन बनाईएको छ ।साउदी अरेबियाको समाचार संस्था मक्का न्यूजपेपरले रिपोर्ट गरेको छ कि यदि कुनै विद्यार्थी २० दिनसम्म विद्यालयमा नआएको खण्डमा विद्यार्थीको अभिभावकलाई राज्यको बाल संरक्षण कानून अन्तर्गत सार्वजनिक अभियोजन कार्यालयमा पठाउने जिम्मेवारी विद्यालयलाई दिईएको छ । समाचार अनुसार सार्वजनिक अभियोजन कार्यालयले बच्चा विद्यालय नआउनुको कारणबारे छानबिन गरी मुद्दालाई फौजदारी अदालतमा पठाउने छ ।यस्तो अवस्थामा विद्यालयमा विद्यार्थी अनुपस्थित हुनु अभिभावकको लापरवाहीबाट भएको प्रमाणित भएमा न्यायाधीशले अभिभावकलाई तोकिएको अवधिसम्म जेल सजायको आदेश दिन सक्नेछन् । समाचार अनुसार यस्तो अवस्थामा विद्यालयका प्रधानाध्यापकले शिक्षा मन्त्रालयलाई जानकारी दिनुपर्नेछ, जसले अनुसन्धान थाल्छ र विद्यार्थीलाई पारिवारिक हेरचाहमा सार्ने आदेश दिनेछ। त्यसपछि परिवारको हेरचाहले विद्यार्थीलाई आफूसँगै राखेर यस विषयमा अनुसन्धान गर्नेछ।समाचार अनुसार अनुसार, यदि एक विद्यार्थीले ४ दिन बिदा लिन्छ भने प्रारम्भिक चेतावनी जारी गरिनेछ। यसपछि विद्यार्थीले ५ दिन बिदा लिएपछि दोस्रो पटक चेतावनी दिइ अभिभावकलाई जानकारी गराइनेछ । १० दिनको अनुपस्थिति पछि तेस्रो चेतावनी जारी गरिनेछ र अभिभावकलाई बोलाइनेछ। १५ दिन अनुपस्थित भएपछि विद्यार्थीलाई शिक्षा विभाग मार्फत अर्को विद्यालयमा स्थानान्तरण गरिनेछ। त्यसैगरी २० दिनपछि शिक्षा विभागले बाल संरक्षण ऐनका प्रावधान कार्यान्वयन गर्नेछ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट