Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारयुक्रेनको कीभ क्षेत्रको आवासीय भवनमा भएको मानवरहित युद्धयान आक्रमणमा परी ८ जनाको मृत्यु, ७ जना घाइते

युक्रेनको कीभ क्षेत्रको आवासीय भवनमा भएको मानवरहित युद्धयान आक्रमणमा परी ८ जनाको मृत्यु, ७ जना घाइते


युक्रेनको राज्य आपतकालीन सेवाले बुधबार एक विज्ञप्ति जारी गर्दै कीभ क्षेत्रमा रुसी मानवरहित युद्धयान हमलामा कम्तीमा आठ जनाको मृत्यु भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “१८:०० (साँझ ६:०० बजे) सम्म, ८ जनाको मृत्यु भएको छ, ७ जना घाइते भएका छन् र १ जनाको उद्धार गरिएको छ।” “चारजना व्यक्ति भग्नावशेषमुनि रहेको सम्भावना छ।”

कीभ क्षेत्रका प्रहरी प्रमुख आन्द्री निबेतोभले यसअघि मानवरहित युद्धयान छात्रावासको भवनमा प्रहार गरेको बताएका थिए। प्रहरी र आपतकालीन सेवाहरूले आक्रमणपछि २०० भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको निबेतोभले बताए।

त्यसै गरि युक्रेनको राज्य आपतकालीन सेवाले बुधबार जापोरिझियामा क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा १ जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार पूर्वी डोनबास क्षेत्रको अघोषित भ्रमण गरेपछि रुसी बमबारीको नतिजा देख्दा दुःख लागेको बताएका छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #युक्रेन युद्ध

तपाईको प्रतिक्रिया दिनुहोस