इरानमा हिरासतमा रहेकी २२ वर्षीया युवतीको मृत्यु भएपछि बिरोध प्रदर्शनमा ५ जना सुरक्षाकर्मी सहित कम्तीमा ३५ जनाको मृत्यु
इरानमा हिरासतमा रहेकी २२ वर्षीया महसा अमिनीको गत हप्ता मृत्यु भएपछि चौतर्फी बिरोध प्रदर्शनमा सुरक्षा बलसँग झडप हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको इरानी सरकारी संचार माध्यमले जनाएको छ । दैनिक व्यापक बिरोध हुनुको साथै विभिन्न स्थानमा झडपहरु भएका छन् ।
तर भारतीय एनडिटिभीले ५० जना को मृत्यु भएको ओस्लो-आधारित संगठन इरान मानव अधिकार जनाएको उल्लेख गरेको छ ।
एनडिटिभीका अनुसार जसमा पाँच सुरक्षाकर्मीहरू समेतको ज्यान गएको बताएको छ । संयुक्त राष्ट्रसंघले छानबिन गर्न आह्वान गरेको छ ।
विभिन्न स्थलमा आगजनी भएका छन् भने इरानले अन्तर्जाल (इन्टरनेट)मा प्रतिबन्ध लगाएको छ र संयुक्त राष्ट्रसंघले छानबिन गर्न आह्वान गरेको छ ।
युवतीको मृत्युलाई लिएर करिब एक हप्ता सम्म भएको विरोधी प्रदर्शन र अशान्तिम हुँदा ३५ जनाको मृत्यु भै सकेको छ । साथै सरकार समर्थक प्रदर्शनकारीहरूले इरानको झण्डा फहराउदै अमेरिका र इजरायल विरुद्ध नारा लगाएका थिए।
तेहरानमा पक्राउ परेकी अमिनीले हिजाब राम्रोसँग नलगाएको कारणले “पुनः शिक्षा केन्द्र” मा लगिएको थियो।
शुक्रबारदेखि राजधानी तेहरानलगायत देशका कम्तीमा ४० शहरमा प्रदर्शनकारीहरूले महिलामाथि हुने हिंसा र भेदभावको अन्त्यका साथै अनिवार्य हिजाब लगाउने अन्त्यको माग गर्दै प्रदर्शनहरू भएका छन्।
अधिकारीहरूले अन्तर्जाल(इन्टरनेट)मा प्रतिबन्ध लगाएर उनीहरूले विरोधलाई नियन्त्रणमा ल्याउन सक्ने आशा गरेका छन् ।
इरानका सञ्चार मन्त्री अहमद वाहिदीले “दंगा अन्त्य नभएसम्म अन्तर्जालमा सीमितता रहने बताए । सामाजिक सञ्जाल मार्फत दंगा सङ्गठनलाई रोक्नको लागि, हामी अन्तर्जाल सीमितताहरू सिर्जना गर्न बाध्य छौं उनले भने ।
क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #मृत्यु
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस