गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ समाचार पढ्दा पढ्दै मुखभित्र झिंगा पसेपछि… समाचार पढ्दा पढ्दै मुखभित्र झिंगा पसेपछि… दीप संञ्चार भदौ २०, २०७९ गते १९:०४ मा प्रकाशित तपाईँ टेलिभिजन प्रसारणमा लाइभ हुनुहुन्छ भने तपाईँलाई हुन सक्ने सबैभन्दा खराब कुरा के हो? अचानक आउने खोकी, हाँच्छ्यु इत्यादि । तर, क्यानाडाको ग्लोबल न्य्जकी एक समाचार बाचिकाका लागि भने अनौठो समस्या परेको छ । फराह नासेरले समाचार भन्दा भन्दै मुखमा परेको झिंगा निलेकी छिन् ।भिडियोमा समाचार बाचिकाले एकैछिन समाचार रोकेको र मुख बिगारेर त्यसलाई निलेपछि पुनः वाचन सुरु गरेको देखिन्छ । झिंगो निल्नु परेकोमा आफूलाई हाँसो लागेको उनले बताएकी छिन् । उनले अगस्टको सुरुमा ओन्टारियोका प्रिमियर डग फोर्डले जनतालाई सम्बोधन गर्ने क्रममा झिंगा निलेको प्रसंगलाई पनि उल्लेख गरेकी छिन् ।ट्वीटरमा सेयर गरिएको भिडियोमा टोर्नोटोकी पत्रकारले लेखेकी छिन्, ‘हामी सबैलाई आजकल हाँस्न आवश्यक छ । यो डग फोर्ड मात्र होइन, मैले आज लाइभ प्रसारणमै झिंगा निले । ’ उनले हालै पाकिस्तानमा आएको बाढी र त्यसले पु(याएको क्षतिबारे समाचार बाचन गरिरहँदा मुखभित्र झिंगा पसेको थियो । झिंगा निल्दा उनलाई असहज महसुस भएको थियो ।उक्त घटनाबारे एक अन्तर्वातमा उनले भनेकी छिन्, ‘मेरो घाँटीभित्र झिंगा छट्पट्याइ रहेको थियो । त्यसलाई निल्न मलाई असहज भएको थियो । -एजेन्सीक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल