गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसी आक्रमणका कारण युक्रेनमा ६० अर्बको भौतिक क्षति रुसी आक्रमणका कारण युक्रेनमा ६० अर्बको भौतिक क्षति दीप संञ्चार वैशाख ९, २०७९ गते २१:३६ मा प्रकाशित काठमाडौं– युक्रेनमा जारी रुसी आक्रमणका कारण ६० अर्ब डलर जतिको भौतिक क्षति भएको विश्व बैंकले जनाएको छ । विश्व बैंकका अध्यक्ष डेभिड मलपासले एक सम्मेलनका क्रममा यस्तो बताएका हुन् ।यद्यपि यो अनुमान अत्यन्त ‘साँघुरो’ रहेको र यसमा युद्धका कारण जारी बढ्दो आर्थिक क्षतिको विवरण नरहेको उनले बताए । ‘अवश्य पनि युद्ध अझै चलिरहेको छ र मूल्य पनि बढिरहेको छ ।’ उनलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।युक्रेनलाई सहयोगबारे आयोजना गरिएको उक्त सम्मेलनका क्रममा भिडियो लिंकमार्फत् बोल्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका कारण उत्पन्न आर्थिक क्षतिको भर्पाई गर्न मासिक ७ अर्ब डलर लाग्ने बताए । ‘यी सबलाई पुन निर्माण गर्न त्यसपछि हामीलाई खर्बौ डलर लाग्नेछ ।’ उनले भने ।उनले विश्व समुदायले रुसलाई विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका अन्तर्राष्ट्रिय वित्तीय निकायहरुबाट अलग गर्नुपर्ने बताए । उनले सबै मुलुकहरुले ‘रुससँगको सम्बन्ध तोड्न तत्काल तयार रहनुपर्ने’ समेत बताए ।यसबाहेक उनले रुसमाथि प्रतिबन्धको घोषणा गरेका सबै मुलुकहरुले रुसी सम्पत्तिको जफत गरी युक्रेनको पुन निर्माणका लागि खर्च गर्न सहयोग गर्नुपर्ने बताएको रोयटर्सले जनाएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेनमाथि रुसी हमला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट