गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनमा रुसी सैनिक नेतृत्व हेरफेर युक्रेनमा रुसी सैनिक नेतृत्व हेरफेर दीप संञ्चार चैत्र २६, २०७८ गते १७:३४ मा प्रकाशित काठमाडौं- रुसले युक्रेनमा आफ्नो सैन्य नेतृत्वलाई पुनर्गठन गरेको छ । बीबीसीले जनाएअनुसार रुसले युक्रेनमा जारी आक्रमणका लागि सैनिक नेतृत्व हेरफेर गरेको हो ।बीबीसीको समाचारमा जनाइएअनुसार जनरल अलेक्जेन्डर दिभोर्निकोभलाई युक्रेनमा रुसी सैनिक गतिविधिको नेतृत्व गर्ने सम्पूर्ण जिम्मेवारी दिइएको छ ।यसअघि युक्रेनका विभिन्न क्षेत्रमा छुट्टाछुट्टै रुसी कमान्डरले युद्ध चलाइरहेको बताइएको छ । जनरल दिभोर्निकोभसँग सिरियामा रुसी कारवाहीमा राम्रो अनुभव रहेको पश्चिमा अधिकारीहरुले बताएका छन् ।नाम नबताउने स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यसअघि दिभोर्निकोभ रुसको दक्षिणी सैन्य जिल्लाका कमाण्डर थिए । युक्रेन आक्रमणमा खटिएका विभिन्न इकाईसँग संयोजन सुधार्ने प्रयत्नस्वरूप नयाँ कमान्डर खटाइएको बताइएको छ ।अपेक्षा अनुसार सैनिक लक्ष्य हासिल गर्न नसकेको र किभ जस्ता मुख्य शहरमा पनि नियन्त्रण जमाउन नसकेका कारण अहिले रुसी सेना पूर्वको डोनबास क्षेत्रमा केन्द्रित हुनुपरेको बीबीसीले जनाएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #रुस-युक्रेन संकट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल