गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ श्रीलंकामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षीको चेतावनी श्रीलंकामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षीको चेतावनी दीप संञ्चार चैत्र २५, २०७८ गते १८:१६ मा प्रकाशित काठमाडौं– चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावसँगै हिंसात्मक प्रदर्शन खेपिरहेको श्रीलंकामा विपक्षी दलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएका छन् ।श्रीलंकाको मुख्य विपक्षी दल समागी जन बलवेगया पार्टीका प्रमुख सजिथ प्रेमदासाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।उनले सरकारले मुलुकमा जारी संकट समाधान गर्नका लागि उपयुक्त कदम नचालेको खण्डमा सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव ल्याउने बताएका हुन् ।केही दिन अघिमात्रै श्रीलंकाको सरकारलाई समर्थन गर्ने ४१ जना सांसदले सत्तारुढ गठबन्धन परित्याग गरेसँगै त्यहाँ सरकारको बहुमत गुमेको बताइएको छ ।श्रीलंकामा जारी संकटका क्रममा हिंसात्मक सरकार विरोधी प्रदर्शन भइरहेका छन् । विपक्षीहरुले राष्ट्रपति गोताबाया राजपाक्षेलाई राजीनामा दिन आह्वान गर्दै आएका छन् । यद्यपि राष्ट्रपति राजपाक्षेले भने आफूले कुनै पनि हालतमा राजीनामा नदिने अडान लिँदै आएका छन् ।केही दिनअघिमात्रै त्यहाँ २६ मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #श्रीलंका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल