गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ श्रीलंकामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षीको चेतावनी श्रीलंकामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षीको चेतावनी दीप संञ्चार चैत्र २५, २०७८ गते १८:१६ मा प्रकाशित काठमाडौं– चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावसँगै हिंसात्मक प्रदर्शन खेपिरहेको श्रीलंकामा विपक्षी दलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएका छन् ।श्रीलंकाको मुख्य विपक्षी दल समागी जन बलवेगया पार्टीका प्रमुख सजिथ प्रेमदासाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।उनले सरकारले मुलुकमा जारी संकट समाधान गर्नका लागि उपयुक्त कदम नचालेको खण्डमा सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव ल्याउने बताएका हुन् ।केही दिन अघिमात्रै श्रीलंकाको सरकारलाई समर्थन गर्ने ४१ जना सांसदले सत्तारुढ गठबन्धन परित्याग गरेसँगै त्यहाँ सरकारको बहुमत गुमेको बताइएको छ ।श्रीलंकामा जारी संकटका क्रममा हिंसात्मक सरकार विरोधी प्रदर्शन भइरहेका छन् । विपक्षीहरुले राष्ट्रपति गोताबाया राजपाक्षेलाई राजीनामा दिन आह्वान गर्दै आएका छन् । यद्यपि राष्ट्रपति राजपाक्षेले भने आफूले कुनै पनि हालतमा राजीनामा नदिने अडान लिँदै आएका छन् ।केही दिनअघिमात्रै त्यहाँ २६ मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #श्रीलंका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै