गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु दीप संञ्चार चैत्र १५, २०७८ गते १०:१० मा प्रकाशित मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु भएको छ । मध्यमेक्सिकोको मिचोआकान राज्यको लास टिनाजस सहरमा एउटा पर्वमा गोली चल्दा उनीहरुको मृत्यु भएको सो राज्यको महान्यायाधिवक्ताको कार्यालय (एफजीई) जनाएको छ ।‘तीन जना महिलासहित १६ जनाको शव फेला परेको छ । उनीहरुलाई बन्दुकको गोली लागेको थियो’, एफजीईले भनेको छ ।आक्रमणमा अरू दर्जनौँ घाइते भएका छन् । संघीय अधिकारीहरूले हिंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गर्ने उद्देश्यका साथ काम गरिरहेका मिचोआकानको सार्वजनिक सुरक्षा सचिवको कार्यालयले एउटा ट्वीटमा भनेको छ ।अधिकारीहरुले आक्रमणको कारणबारे केही जानाकारी दिएका छैनन् । मिचोआकान र छिमेकी गुआनाजुआटो मेक्सिकोका दुई हिंसाग्रस्त राज्यहरू हुन् । लागू औषध र अन्य गैरकानुनी गतिविधिका कारण यी राज्यमा बारम्बार आपराधिक घटना हुने गर्छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट