गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ काठमाडौं आइपुगे चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगे चिनियाँ विदेशमन्त्री वाङ यी दीप संञ्चार चैत्र ११, २०७८ गते १८:०८ मा प्रकाशित भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् । २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिएका वाङ विमानस्थलबाट द्वारिका होटेल पुगेका छन् ।उनी परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा काठमाडौं आएका हुन् । उनी पाकिस्तान, अफगानिस्तान, भारत हुँदै नेपाल आएका हुन् ।शुक्रबार उनको कुनै औपचारिक कार्यक्रम राखिएको छैन । शनिबार दिउसो दुई बजेतिर उनी नेपाल–चीन विदेशमन्त्रीस्तरीय वार्तामा सहभागी हुनेछन् । वार्ता सकिएपछि नेपाल–चीनका सम्बन्धीत पदाधिकारीबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।द्विपक्षीय वार्ता सकिएपछि चिनियाँ विदेशमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन् । शनिबार नै परराष्ट्रमन्त्री खड्काले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा उनी सहभागी हुने कार्यक्रम छ ।चिनियाँ विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसपछि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने जनाइएको छ । नेपालको तीन दिने भ्रमण सम्पन्न गरी आइतबार बेलुकी उनी स्वदेश फर्कनेछन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट