युक्रेन हमला : स्याटलाइट तस्विरमा जे देखियाे
एजेन्सी -युक्रेन हमलाको नयाँ स्याटलाइट तस्विरहरु सार्वजनिक भइरहेका छन् । तस्विरहरुमा अत्यावस्यक सामग्रीको पर्खाइमा पसलबाहिर लागेको मानिसहरुको लामो लाइन, जलिरहेका भवन र सेनाका बख्तरबन्दका लामा ताँती देख्न सकिन्छ । त्यस्तै, चेर्निहिभ र किभका सुपरमार्केट बाहिर खानेकुरा किन्न पर्खिरहेका मानिसहरुको लामो लाइनहरू देखिन्छ ।
त्यसैगरी, विभिन्न सीमा बिन्दुमा युक्रेन छोड्न खोज्ने र छिमेकी देशहरु हंगेरी, स्लोभाकिया र रोमानिया प्रवेश गरेका मानिसरुको समूह पनि स्याटलाइट तस्विरमा देख्न सकिन्छ ।
रुसी फौजले युक्रेनी सहर खेरसनलाई नियन्त्रणमा लिएको स्थानीय अधिकारीहरुले पुष्टि गरेका छन् । ३ लाख जनसंख्या भएको सो सहरलाई रुसी सेनाले घेरेको र त्यहाँ युक्रेनी सेनाको उपस्थिति शून्य देखिएको अधिकारीहरुले बताएका छन् । खेरसन कब्जा गर्ने क्रममा ठूलो संख्यामा सर्वसाधारणको हताहत हुन सक्ने अनुमान गरिएको छ ।
यसैबीच रुसी सेनाले युक्रेनमाथिको हमलालाई थप तीव्र पारेको छ । रुसी सेनाले दोस्रो ठूलो सहर खारकिभमा शक्तिशाली बिस्फोट गराएका छन् ।
क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #युक्रेन तनाव
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस