गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसी हमलामा १३७ युक्रेनीको मृत्यु रुसी हमलामा १३७ युक्रेनीको मृत्यु दीप संञ्चार फागुन १३, २०७८ गते १०:३९ मा प्रकाशित एजेन्सी -रुसी फौजले युक्रेनमा वृहत हमला गरेको छ । रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको छ । रुसी हमलामा १३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन् । मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि छन् ।रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ । राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् ।युक्रेनमाथि रुसले आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ। राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य शहरमा भएका प्रदर्शनहरूका क्रममा अहिलेसम्म १,७०० जनालाई पक्राउ गरिएको छ।रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रवार दोस्रो दिन हो। विपक्षीहरूका प्रदर्शनका क्रममा हुने गिरफ्तारीबारे सूचना राख्ने समूह ओभीडी इन्फोका अनुसार मस्कोमा ९०० जना र सेन्ट पिटर्सबर्गमा ४०० जना पक्राउ परेका छन्।रुसी शहरहरूमा बाहेक विश्वका अन्य कैयौँ शहरमा पनि युद्धको विरोधमा प्रदर्शन गरेका छन्। सयौँ प्रदर्शनकारीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि रुसी नियोगको कार्यालयअगाडि विरोध जनाएका छन्।युद्ध चर्किदै गएसँगै युक्रेनमा रात्रिकालीन कर्फ्यु लागु गरिएको छ। युक्रेनका विभिन्न भागमा रुसी सेना तीव्र गतिमा अघि बढिरहेका विवरण प्राप्त भएका छन्।त्यहाँ गोलाबारी, विस्फोट अनि हवाई हमला भएको छ। एउटा हवाई अखडामा रुस र युक्रेनी सेनाबीच भिडन्त भएको बताइएको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #breaking, #मृत्यु, #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट