गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुस र युक्रेनबीच युद्धको खतरा : ८ हजार ५०० अमेरिकी सेना ‘हाई अलर्टमा रुस र युक्रेनबीच युद्धको खतरा : ८ हजार ५०० अमेरिकी सेना ‘हाई अलर्टमा दीप संञ्चार माघ ११, २०७८ गते ८:१८ मा प्रकाशित एजेन्सी -रुस र युक्रेनबीच युद्धको खतरा लगातार बढ्दै गइरहेको छ । यसलाई मध्यनजर गर्दै अमेरिकी रक्षा विभाग पेन्टागनले ८ हजार ५ सय अमेरिकी सैनिकलाई पूर्वी युरोपमा तैनाथ गर्नका लागि हाईअलर्ट राखेको छ । पेन्टागनका प्रवक्ता जोन किर्बीले यसमा कम्ब्याट टोली, स्वास्थ्यकर्मी, गुप्तचर र सर्भेलेन्ट टिमका सदस्य सामेल रहेको जानकारी दिएका छन् ।किर्बीले भने, अहिलेसम्म यी सैनिकहरूलाई तैनाथीको आदेश वा कुनै मिसन दिइएको छ । यद्यपि, पूर्वी युरोपमा नेटोलाई मजबुत गर्नका लागि अमेरिकी सैनिक तैनाथ गर्न सकिन्छ । युरोपमा अतिरिक्त अमेरिकी सैनिक तैनाथ गर्ने कुरा नेटोको फैसलामा हुनेछ ।बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि हमला गरे गम्भीर नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् । रुसी सेनाले आयरल्याण्डको तटबाट मात्र १५० माइल टाढा सैन्य अभ्यास गर्ने घोषणा गरेपछि जोन्सनको यस्तो बयान आएको हो । रुसले एटलान्टिक, प्रशान्त र भूमध्यसागरमा आफ्ना १४० युद्धपोतको अभ्यास गर्ने घोषणा गरेको थियो ।यता, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेन र रुसबीचको तनाव कम गर्नका लागि राजनीतिक संवाद सुरु गर्न आग्रह गरेका छन् । उनले युद्धको साटो छलफलबाट समस्या समाधान गर्न अपिल गरेका हुन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट