गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ चीन : शंकास्पद कोभिड संक्रमितलाई टिनका बाकसभित्र राखियो चीन : शंकास्पद कोभिड संक्रमितलाई टिनका बाकसभित्र राखियो दीप संञ्चार पुस २९, २०७८ गते १४:०० मा प्रकाशित एजेन्सी -चीनमा शंकास्पद कोभिड संक्रमितलाई टिनका बाकसभित्र राखेको पाइएको छ । शंकास्पद संक्रमितलाई मध्यरातमा घरबाट निकालेर बसमा कोचेर टिनका बाकसभित्र राखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।कोभिडविरुद्ध शून्य सहनशिलता अप्नाएको चीनको पछिल्लो कदमलाई कतिपयले आलोचनासमेत गरेका छन् । हिउँदे ओलम्पिक नजिकिँदै जाँदा जिरो कोभिड पोलिसीअन्तर्गत सरकारले कठोर नियम बसालेको छ । जसका कारण अहिले लाखौं शंकास्पदलाई क्वारेन्टिनमा राखिएको छ ।काठका बेड रहेका यी टिनका बाकसभित्र शौचालयको पनि व्यवस्था छ । शंकास्पद व्यक्तिलाई कम्तिमा एक सातादेखि बढीमा दुई साताभित्र यस्ता बाकसभित्र राखिएको छ ।प्रहरीले रातरात मानिसहरुलाई घरबाट उठाएर यस्ता क्वारेन्टिन स्थलमा लैजाने गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । चीनमा पछिल्लो समयमा ट्रयाक र ट्रेस एपमार्फत शंकास्पद संक्रमितको पहिचान गरी उनीहरुलाई चाँडोभन्दा चाँडो क्वारेन्टिन स्थलमा लगिएको छ ।चीनमा करिव २ करोड मानिसहरु घरभित्रै क्वारेन्टिनमा बसेका छन् । उनीहरुलाई दैनिक उपभोग्य सामाग्री किन्न बाहिर जानसमेत प्रतिबन्ध लगाइएको छ ।लकडाउनका कारण अस्पताल जान नपाउँदा गत साता एक गर्भवती महिलाको शिशु खेरा गएको थियो । सो घटनापछि केही मानिसहरुले सरकारले अप्नाउँदै आएको कोभिडविरुद्ध शून्य सहनशिलताको विरोध गरेका थिए ।#NDTVBeeps | People Forced To Live In Metal Boxes Under #China‘s #ZeroCovid Rule pic.twitter.com/hZ7bGV6GH3— NDTV (@ndtv) January 13, 2022क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट