गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ विश्व स्वास्थ्य संगठन : केही हप्तामा आधा युरोप ओमिक्रोनबाट सङ्क्रमित हुनेछ विश्व स्वास्थ्य संगठन : केही हप्तामा आधा युरोप ओमिक्रोनबाट सङ्क्रमित हुनेछ दीप संञ्चार पुस २८, २०७८ गते ८:०७ मा प्रकाशित एजेन्सी -विश्व स्वास्थ्य संगठनले अबको ६ देखि ८ हप्तामा आधा युरोप ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित भइसक्ने प्रक्षेपण गरेको छ । डा हान्स क्लुगले डेल्टा भेरियन्टसँगै पश्चिमबाट पूर्वतर्फ ओमिक्रोन लहर चलिरहेको बताएका हुन् । सन् २०२२ को पहिलो हप्तामा ७० लाख नयाँ सङ्क्रमित थपिएको आधार यो प्रक्षेपण गरिएको उनको भनाइ छ । दुई हप्ताको अन्तरमा सङ्क्रमितको सङ्ख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । डा क्लुगका अनुसार सियाटलमा आधारित इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसनले युरोपका ५० प्रतिशत जनसङ्ख्या आगामी ६ देखि ८ हप्तामा ओमिक्रोनबाट सङ्क्रमित हुने पूर्वानुमान गरेको छ ।पछिल्ला अध्ययनले ओमिक्रोनले मानिसहरूलाई गम्भीर बिरामी बनाउने सम्भावना काम रहे पनि यसअघिका भेरियन्टभन्दा यो निकै सङ्क्रामक रहेको पाइएको छ । पूर्ण मात्रा खोप लगाएका मानिसहरूलाई पनि यसले सङ्क्रमित बनाउन सक्ने बताइएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट