गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ हेलिकप्टर दुर्घटनामा भारतीय पूर्वसेना प्रमुख विपिन रावत दम्पत्तिको मृत्यु भएको पुष्टि हेलिकप्टर दुर्घटनामा भारतीय पूर्वसेना प्रमुख विपिन रावत दम्पत्तिको मृत्यु भएको पुष्टि दीप संञ्चार मंसीर २२, २०७८ गते २१:४६ मा प्रकाशित काठमाडौँ भारतीय पूर्वसेना प्रमुख विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।बुधबार दिउँसो भारतीय सेनाको आईएएफ एमआई १७ भी ५ हेलिकप्टर तामिलनाडु राज्यको कुन्नर भन्ने ठाउँमा दुर्घटना हुँदा पूर्वसेना प्रमुख रावत र उनकी पत्नि मधलिका रावतसहित १३ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले पुष्टि गरेको हो ।भारतीय सञ्चामाध्यमका अनुसार हेलिकप्टरमा रावतसहित उनकी पत्नि र वरिष्ठ सैन्य अधिकारीहरु गरी १४ जना सवार थिए । हेलिकप्टर सुलुर एयरबेसबाट वेलिंगटन जाँदै थियो। हेलिकप्टर १२ बजेर २० मिनेटमा अवतरण स्थलबाट मात्र १० किलोमिटर पर हुँदा दुर्घटना भएको थियो। अहिले घटनास्थलमा चिकित्सक, सेनाका अधिकृत र कोब्रा कमाण्डोको टोली छ ।८५ प्रतिशत जलेकाले फेला परेका शवको पहिचान गर्ने प्रयास भइरहेको छ । उनीहरूको डिएनए परीक्षणबाट पहिचान गरिने समाचारमा जनाइएको छ।रावत देशको पहिलो चीफ अफ डिफेन्स स्टाफ हुन्। रावतले ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुखको रूपमा सेवा गरेका थिए । उनले १ जनवरी २०२० मा चीफ अफ डिफेन्स स्टाफको पदभार ग्रहण गरेका थिए।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जेनरल रावतको निधनमा दुस्ख व्यक्त गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, “तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनालाई लिएर मलाई निकै दुस्ख लागेको छ। त्यसमा हामीले जेनरल विपिन रावत, उनकी पत्नी र सशस्त्र बलका अन्य जवानहरूलाई गुमायौँ। उनीहरूले पूर्ण मेहनतका साथ भारतको सेवा गरेका थिए। दिवङ्गत भएकाहरूको परिवारप्रति समवेदना व्यक्त गर्छु।” क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट