गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अन्तै विवाह तय भएपछि प्रेमिकासहित आमाबाबुको हत्या अन्तै विवाह तय भएपछि प्रेमिकासहित आमाबाबुको हत्या दीप संञ्चार मंसीर ९, २०७८ गते २०:१६ मा प्रकाशित काठमाडौँ भारतको उत्तराखण्ड राज्यमा तीन जनाको हत्या गरेको आरोप लागेका एक युवक फरार भएका छन् । फरार भएका युवकमाथि प्रेमिका र उनका आमाबाबुको हत्या गरेको आरोप लागेको हो । उनले प्रेमिकाको अन्त नै विवाह तय भएको भन्दै प्रेमिकासहित उनका आमाबाबुको पनि हत्या गरेका हुन् । उनले धारिलो हतियारको प्रयोग गरेर उनीहरुको हत्या गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटनाका क्रममा प्रेमिकाकी बहिनी घाइते भएकी छन् ।फरार युवकको खोजी गर्नेलाई प्रहरीले ५० हजार भारतीय रुपियाँ इनाम घोषणा गरेको छ । मृतककी भाउजूका अनुसार उनको विवाह अन्त कतै तय भएकोले उक्त हत्याकाण्ड घटेको हो ।देवीपाटन मण्डल गोन्डाका डिआईजी उपेन्द्र अग्रवालका अनुसार प्रेम सम्बन्धका कारण हत्याकाण्ड भएको हो । घटना नगर कोतवाली क्षेत्रको इमलिया गुरुदयालको हो । प्रहरीले उक्त घटनाका आरोपीको फोटो शेयर गर्दै पत्ता लगाउनेलाई ५० हजार जरिवाना तोकेको छ । दुवै एउटै समुदायका प्रेमिप्रेमिका थिए । प्रेमीले आफ्नो साथीको मद्दतले उक्त हत्याकाण्ड गरेका हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल