गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकाले लोकतन्त्र सम्मेलनमा ताइवानलाई डाकेपछि चीन क्रुद्ध अमेरिकाले लोकतन्त्र सम्मेलनमा ताइवानलाई डाकेपछि चीन क्रुद्ध दीप संञ्चार मंसीर ८, २०७८ गते १९:१२ मा प्रकाशित काठमाडौँअमेरिकी सरकारले आगामी महिना आयोजना गर्न लागेको लोकतन्त्र सम्मेलनमा ताइवानलाई आमन्त्रण गरेपछि चीन क्रुद्ध बनेको छ । ताइवानलाई चीनले आफ्नै भएको दाबी गर्छ भने अमेरिकालगायत केही पश्चिमा मुलुकहरूले चीनलाई भड्काउन ताइवान मामिला उछालिरहेका छन् । तर, अमेरिका स्वयमले ताइवानलाई स्वतन्त्र देशको मान्यता दिएको छैन ।डिसेम्बर ९ र १० तारिखमा अमेरिकाले लोकतन्त्र सम्मेलन आयोजना गर्दैछ । तर, यो सम्मेलनमा सहभागी हुन ह्वाइट हाउसले चीन र रसियालाई भने निम्तो पठाएको छैन । आफूले दाबी गरिरहेको ताइवानलाई चाहिँ सम्मेलनमा सहभागी हुन निम्तो पठाएपछि ह्वाइटहाउसँग बेइजिङ थप भड्किएको हो ।समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयले भर्चुअल सम्मेलनमा ११० सहभागीहरूलाई निम्तो पठाएको छ । ताइवानलाई पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले निम्तो गरेका हुन् ।चीनको स्टेट काउन्सिल ताइवान अफेयर्स कार्यालयले सो सम्मेलनमा अमेरिकाले ताइवानलाई निम्त्याउनु एक गल्ती भएको र अमेरिकाले यस्तो गल्ती दोहोर्याइरहेको उल्लेख गरेको छ । ताइवान द्विपबारे हुने कुनैपनि आधिकारिक कुराकानीको विरुद्धमा आफू रहेको पनि चिनियाँ अधिकारीहरूले बताएका छन् । क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै