गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ चीनले जुनसुकै बेला आणविक हमला गर्नसक्ने अमेरिकी सैनिक अधिकारीको दाबी चीनले जुनसुकै बेला आणविक हमला गर्नसक्ने अमेरिकी सैनिक अधिकारीको दाबी दीप संञ्चार मंसीर २, २०७८ गते १०:२९ मा प्रकाशित काठमाडौँचीनले केही महिना अगाडि गरेको हाइपरसोनिक मिसाईल परीक्षण संसारभर पुगेको बताउँदै अमेरिकाका एक वरिष्ठ सैन्य अधिकारीले चीनले अमेरिकामा कुनै दिन अकस्मात आणविक हमला गर्न सक्ने चेतावनी दिएका छन् ।अमेरिकी सेनाका उपप्रमुख जनरल जोन हाटेनले भने, ‘केही महिना अगाडि चीनको हाइपरसोनिक मिसाईल विश्वभर पुगेर हाइपरसोनिक ग्लाइड मिसाईल खसाल्यो, जुन पुनः चीनमै फर्कियो । उसले कुनै पनि बेला अमेरिकालाई निशाना बनाउन सक्छ ।’ चीनले आश्चर्यजनक ढंगले आणविक हतियार विकसित गरेको भन्दै उनले कुनै दिन चीनले अमेरिकालाई हमला गर्न सक्ने बताए ।‘अत्याधुनिक क्षमताका यस्ता हतियार चीनले किन बनाइरहेको छ रु’ अमेरिकी टेलिभिजन च्यानल सीबीएसँगको एक अन्तर्वार्तामा उनले भने, ‘ चीनले बिकसित गरेका हतियार नयाँ हुन भन्ने मलाई लाग्छ । ’ताइवानबारे चीनको विवाद बढिरहेका बेला चीनले आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाईल परीक्षण गरेको थियो । सुरुमा गोप्य राखेको बताइएको सो परीक्षणबारे उसले गत महिना पहिलो पटक मुख खोलेको थियो ।अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनमा चीनले तीब्र गतिमा आणविक हतियार बिकसित गरेको र एक दशकभित्र यो संख्या १ हजार पुग्ने उल्लेख छ । अमेरिकासँग अहिले तीन हजार ७५० आणविक हतियार छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट