दोहा विमानस्थलमा निवस्त्र पारिएका महिलाहरूले कतारविरुद्ध मुद्दा दायर गर्दै
काठमाडौँ – दोहा विमानस्थलमा निवस्त्र पारिएका अस्ट्रेलियाली महिलाहरूले कतार सरकारविरुद्ध मुद्दा दायर गर्ने भएका छन् ।
सन् २०२० को अक्टोबरमा हमाद विमानस्थलमा नवजात शिशु भेटिएपछि ती महिलाहरूलाई उड्न तयारी रहेको विमानबाट ओरालेर निवस्त्र पारिएको थियो । सुत्केरी भएको आशंकमा निवस्त्र महिलालाई परीक्षण गरिएको थियो । कतार एअरवेजको विमानबाट ओरालेर एम्बुलेन्समा राखिएका महिलालाई नर्सहरूले भित्री वस्त्र फुकाल्न लगाएरजाँच गरेका थिए ।
निवस्त्र पारिएको घटनाबारे महिलाहरुको विरोधपछि कतारले माफी मागेको थियो । कतारका तत्कालिन प्रधानमन्त्री खालिद अल थानीले सरकारका तर्फबाट क्षमा मागेका थिए । घटनामा संलग्न विमानस्थलका एक अधिकारी निलम्बनमा परेका थिए ।
करिव पाँच मिनेट परीक्षणगरेपछि उनीहरूलाई पुनः विमानमा चढाइएको थियो । अस्ट्रेलियामा उत्रिएपछि पीडितहरूले प्रहरीलाई उजुरी दिएका थिए । सो घटनाको अन्र्राष्ट्रिय समुदायले निन्दा गरेको थियो ।
क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस