गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ चीन र रुसमा फेरि बढ्यो कोरोना संक्रमण, डरलाग्दो अवस्था आउन सक्ने चेतावनी चीन र रुसमा फेरि बढ्यो कोरोना संक्रमण, डरलाग्दो अवस्था आउन सक्ने चेतावनी दीप संञ्चार कात्तिक ७, २०७८ गते ६:४४ मा प्रकाशित काठमाडौँ –चीन र रुसमा फेरि एकपटक कोरोना संक्रमित बढ्न थालेका छन् । चीनमा शनिबार कुल ३८ नयाँ कोरोना भाइरसका घटनाहरु रिपोर्ट गरिएका छन् भने रुसमा पछिल्लो २४ घण्टामा ३७६७८ नयाँ संक्रमण देखिएका छन्।जहाँ शनिबार रुसमा भाइरसका कारण १ हजार ७५ जनाको ज्यान गएको छ, जुन महामारीको समयमा एकै दिनमा सबैभन्दा धेरै हो ।चीनको राजधानी बेइजिङमा शनिबार जम्मा ९ जना कोरोना संक्रमित थिए, जसलाई ध्यानमा राखी अधिकारीहरुले अनुसन्धान बढाउने र होटलमा बुकिङ प्रतिबन्ध लगाउने कदम चालेका छन्।बेइजिङमा सङ्क्रमित भेटिएका पाँच व्यक्तिहरू अक्टोबर १२ देखि अक्टोबर १५ सम्म भित्री मङ्गोलिया स्वायत्त क्षेत्र, निङ्जिया हुई स्वायत्त क्षेत्र र साङ्सी प्रान्तको यात्रा गरी अक्टोबर १६ मा बेइजिङ फर्किएका थिए। शहरी स्वास्थ्य आयोगका अनुसार संक्रमित भेटिएका अर्का एक जना संक्रमित व्यक्तिको सम्पर्कमा आएका थिए ।संक्रमणको मामलामा वृद्धिको पछाडि सांघाई बस्ने एक वृद्ध दम्पती जिम्मेवार छन् , जो सियान सहित धेरै शहरहरु गएका थिए र कोभिड -१९ बाट पीडित थिए। यसपछि अधिकारीहरूले दम्पतीको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी गर्न थाले।तीन दिनभित्रै उनीसँग निकट सम्पर्कमा आएका सयौं व्यक्ति पत्ता लागेका थिए भने सँगै यात्रा गरेका पाँच जनामा पनि पछि संक्रमण देखिएको थियो ।हङकङको साउथ चाइना मर्निङ पोस्टको समाचार अनुसार यस अवधिमा धेरै सहरमा ठूलो मात्रामा अनुसन्धान गरिएको थियो । जहाँ जहाँ संक्रमित व्यक्ति गएका थिए, त्यहाँ चेकिङ कडा बनाइएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट