गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ निजी विमान भवनमा खस्यो : अर्बपतिको परिवारसहित ८ जनाको मृत्यु निजी विमान भवनमा खस्यो : अर्बपतिको परिवारसहित ८ जनाको मृत्यु दीप संञ्चार असोज १८, २०७८ गते ११:२५ मा प्रकाशित उत्तर इटालीको मिलानमा एक निजि विमान दुर्घटना भएको छ। उक्त विमान खाली अफिस भवनमा खस्दा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त भएको बताइएको छ। इटालियन मिडियाका अनुसार विमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कु रहेका थिए। उनीसँगै उनको पत्नी र छोराको पनि मृत्यु भएको छ। पेट्रेस्कु रोमानिया सबैभन्दा धनी व्यक्तिहरु मध्येमा पर्दछन्।दुर्घटनापछि अफिस भवन र पार्किङ गरिएका गाडीमा आगलागी भएको थियो। तर, जमिनमा रहेका कोही पनि घाइते भएनन्। दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको छ। केही प्रत्यक्षदर्शीले एकल इन्जिन रहेको पिलाटस पीसी–१२ विमानमा दुर्घटनाअघि नै आगोका लप्काहरु देखिएको बताएका छन्।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल