गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ सबैभन्दा धेरै मुस्लिम भएको देशको नोटमा किन राखियो गणेशको फोटो ? सबैभन्दा धेरै मुस्लिम भएको देशको नोटमा किन राखियो गणेशको फोटो ? दीप संञ्चार असोज १३, २०७८ गते १७:२८ मा प्रकाशित एजेन्सी –विश्वकै सबैभन्दा धेरै मुस्लिम आबादी भएको देश भनेर चिनिने इन्डोनेसियाको मुद्रामा हिन्दू धर्म र नेपालमा पुजनीय गणेशको तस्वीर छापिएको छ। केबल ३ प्रतिशत मात्रै हिन्दुहरु रहेको उक्त देशमा रुपियाह भनिने इन्डोनेसियाको २० हजारको नोटमा भगवान गणेशको फोटो छापएको छ।नेपालमा भने रुपैंया चल्छ भने यहाँको मुद्रालाई नेपालसँग मिल्दोजुल्दो लाग्ने ‘रुपियाह’ भनिन्छ। आखिर किन मुस्लिम देशमा भगवान गणेशको फोटो राखियो रुयस्तो छ कारण:इन्डोनेसियामा करिब ८७ दशमलव ५ प्रतिशत जनसंख्याले इस्लाम धर्म मान्दछन्। हिन्दूहरु केबल ३ प्रतिशत छन्। रुपियाह भनिने इन्डोनेसियाको २० हजारको नोटमा भगवान गणेशको फोटो छ।त्यहाँका बासिन्दाले गणेशकै कारण देशको अर्थव्यवस्था मजबूत भएको विश्वास गर्ने भएकाले नोटमा गणेशको फोटो छापिएको बताइन्छ। भगवान गणेशलाई इन्डोनेसियामा शिक्षा, कला र विज्ञानको देवता मानिन्छ।२० हजारको नोटको अघिल्तिर गणेशको र पछिल्लो भागमा कक्षा कोठाको तस्वीर छ, जसमा शिक्षक र विद्यार्थी देखिन्छन्। भनिन्छ केही वर्ष अघि इन्डोनेसियामा आर्थिक मन्दी आयो।त्यसपछि त्यहाँका अर्थविज्ञहरुले निकै बहस र छलफल गरे अनि २० हजारको एउटा नोट जारी गरे, जसमा गणेशको तस्वीर छापियो। त्यसपछि त्यहाँको अर्थव्यवस्था अलि बलियो भयो र त्यहाँका बासिन्दाहरुमा यो मान्यता छ कि गणेशकै कारण देशको अर्थव्यवस्था मजबूत भएको हो।यहि कुराले भने धेरै देशहरु अस्चार्यमा परेका थिए त कतिले त देश बिपरित दिशा तिर गएको भन्दै आलोचना पनि गरेका थिए।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल