Techie IT
×
गृहपृष्ठखेलकुदप्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा, सुदुर पश्चिम र प्रदेश १ को बिजयी सुरुवात

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा, सुदुर पश्चिम र प्रदेश १ को बिजयी सुरुवात


दाङ्ग – सुदुर पश्चिम प्रदेशले दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

समूहबीमा रहेको सुदुर पश्चिमले प्रतियोगितामा विजयी सुरुवातगर्ने क्रममा मंगलबार दिनको पहिलो खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित गर्यो । खेलमा सुदुर पश्चिमले दिएको १ सय ८ रनको विजयी चुनौतीलाई पछ्याएको गण्डकी निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर ४८ रनमा सिमित हुन् पुग्दा नतिजा सुदुर पश्चिमले आफ्नो पक्षमापार्न सफल भयो ।

ब्याटिङतर्फ गण्डकी प्रदेशकालागिकुनै ब्याटर ले दोहोरो अंकजोड्न सकेनन् । उसकालागि सृष्टि पौडेलले ८ रन र ज्योत्सनिका मरासिनीले अविजित रहदै ६ रन जोडिन । बलिङमा सुदुर पश्चिमकी सुनिता लोहारले २ विकेट हातपार्दा कविताकुवँर, रितु कनौजिया र लक्ष्मी साउदले १÷१ विकेट लिएका थिए ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुर पश्चिमले १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । टिमले उक्त योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याटर रेवती धामीले सर्वाधिक ठूलो पारी खेलिन् । ३६ बलको सामना गरेकीउनले २ चौकासहित २७ रन बनाएकी थिइन् ।

यस्तै रेवती बाहेक टोलीका लागि कप्तान विन्दु रावलले १३ रन , ओपनर ब्याटर मन्जु बोगटीले १० रन र रुवि पोदारले ५ रन बनाएकी थिइन् । बलिङतर्फ गण्डकी प्रदेशकालागि सृष्टि पौडेल र अलिशा लामिछानेले ३÷३ विकेट हातपारे । भने अञ्जली विश्वकर्माले पनि १ विकेट लिन सफल भइन् । यस्तैगरी प्रदेश १ ले दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

समूह बी मा रहेको प्रदेश २ ले प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा मंगलबार दिनको दोस्रो खेलमा बागमतीलाई ४६ रनले पराजित गर्यो । खेलमा प्रदेश २ ले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्यलाई पछ्याएको बागमती १६.४ ओभरमा अल आउट हुँदै ६० रनमा सिमित हुन् पुग्यो । बागमतीका लागि कन्चन श्रेष्ठले सर्वाधिक १३ रन बनाउँदा सुमन खतिवडाले १२ रन बनाइन् ।

यी दुई ब्याटर बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् । बलिङतर्फ प्रदेश १ का लागि निग्मा तामाङले ३ तथा अप्सरी बेगमले २ विकेट हात पारिन् । भने सबनम राई , अलिशा खाडिया र निशा शाहले पनि १÷१ विकेट लिए । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । प्रदेश १ ले बलियो योगफल बनाउने क्रममा उसका लागि कप्तान रुविना क्षेत्रीले कप्तानी पारी खेलिन् ।

५५ बलको सामना गरेकी उनले अर्धशतकीय पारी खेल्ने क्रममा ६ चौकाको सहयोगमा ५५ रनको योगदान दिइन् । यस्तै टोलीका लागि अप्सरी बेगमले १६ रन बनाउदा निग्मा तामाङले ५ रन थपिन् । बलिङतर्फ बागमतीका लागि स्पिनर आरती बिडारीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । भने कप्तान अस्मिना कर्माचार्य ,निग्मा तामाङ र कृष्मा गुरुङले १÷१ विकेट लिइन् ।

अब प्रतियोगिता अन्तर्गत बुधबार पहिलो खेलमा सुदुर पश्चिमले प्रदेश १ को सामना गर्नेछ । भने दिनको दोस्रो खेलमा बागमतीले गण्डकीको सामना गर्नेछ । यता प्रतियोगिताको समूह ए बाट विभागीय टोली एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगिसकेका छन् । यता प्रतियोगितामा समूह ए बाट एपीएफ र लुम्बिनीप्रदेश सेमिफाइनलमा पुगेका छन् । एपीएफ समूह विजेता हुँदै सेमिफाइनलमा पुग्दा लुम्बिनी उप –विजेता बन्दै सेमिफाइनल पुगेको छ ।

प्रतियोगिता अन्तर्गत अब सेमिफाइनलमा एपीएफले समूहबीको उप –विजेतासँग खेल्नेछ । भने लुम्बिनीले समूहबीको विजेतासँग पुस १८ गते खेल्नेछ । प्रतियोगिताको फाइनल खेल पुस १९ गते हुनेछ ।


क्याटेगोरी : खेलकुद, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस