Techie IT
×
गृहपृष्ठखेलकुदलुम्बिनी प्रदेशको लगातार दोस्रो जित

लुम्बिनी प्रदेशको लगातार दोस्रो जित


दाङ्ग – लमही स्थित देउखुरी क्रिकेट अन्तराष्ट्रिय खेल मैदानमा जारि महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतवार दोस्रो दिन पनि लुम्बिनी प्रदेशले शानदार जित हात पारेको छ ।

प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा लुम्बिनीले दिनको पहिलो खेलमा कर्णालीलाई ९ विकेटले पराजित गरेको थियो । खेलमा कर्णालीले दिएको ३५ रनको सामान्य विजयी लक्ष्यलाई लुम्बिनीले ३.१ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको थियो ।

No description available.

प्रतियोगितामा टिमलाई दोस्रो जित दिलाउने क्रममा ब्याटिङमा कप्तान नेरी थापाले ९ रन , सरस्वती घर्ती मगरले ३ रन र गिता गोसाइले ४ रन बनाएका थिए । त्यसअघि खराब मौसमका कारण १३ ओभरमा छोट्याईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले ६ विकेट गुमाउँदै ३४ रन बनाएको थियो ।

कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक ८ रनको योगदान दिइन् । मात्र ४ बलको सामना गरेकी उनले २ चौकासहित उक्त रन बनाएकी थिइन् ।

यस्तै टिमका लागि अंशु शाक्य ७ रनमा अविजित रहिन् । बलिङतर्फ लुम्बिनीका लागि सुस्मिता भुषालले २ तथा सरिता जिसी र गिता गोसाईले पनि १÷१ विकेट लिएका थिए । यो जितसँगै समूह ए मा रहेको लुम्बिनी अंकतालिकामा ४ अंक जोडेको छ । यसअघि लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले पराजित गरेको थियो । भने कर्णाली पहिलो खेलमा विभागीय टोली एपीएफसँग २ सय ४ रनले पराजित हुन् पुगेको थियो ।

एपीएफ र लुम्बिनी सेमिफाइनलमा

No description available.

दाङमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह ए बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।

आईतबार दिनको दोस्रो खेलमा एपीएफले प्रदेश २ लाई ८ विकेटले पराजित गरेसँगै एक खेल अगावै एपीएफ र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । भने लगातार दुई÷दुई खेलमा पराजित हुन् पुगेका कर्णाली र प्रदेश २ प्रतियोगिताबाट बाहिरिएका छन् ।

यता प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा एपीएफले प्रदेश २ ले प्रस्तुत गरेको ७३ रनको विजयी चुनौतीलाई १३.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । एपिएफकी ओपनर ज्योती पान्डे ४० बलमा ४ चौका सहित सर्वाधिक ३० रनको योगदान दिइन् ।

भने सरिता मगर ६ र इन्दु बर्मा १ रनमा अविजित रहिन् । त्यसअघि कप्तान सीता राना मगर ३० बल खेल्दै १ चौका सहित १८ रनमा आउट भइन् ।

No description available.

बलिङतर्फ प्रदेश २ की कविता गौतम र सरस्वती कुमारी चौधरीले १–१ विकेट लिइन् । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर ७२ रन बनाएको थियो ।

टिमले उक्त रन बनाउने क्रममा उसका लागि अनुराधा चौधरीले सर्वाधिक ठूलो पारी खेलिन । यस्तै टोलीका लागि शोभा आलेले १३ रन बनाउँदा सन्तोषी चौधरीले ९ रन र विमला मगरले ६ रन बनाएकी थिइन् ।

बलिङतर्फ एपीएफकी कप्तान सीता राना मगरले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । भने रेखा रावल, करुणा भण्डारी, इश्वरी बिष्ट र राजमती ऐरीले १÷१ विकेट लिएका थिए ।

अब प्रतियोगिता अन्तर्गत सोमबार पहिलो खेलमा प्रतियोगिताबाट बाहिरी सकेका कर्णाली र प्रदेश २ को बीच प्रतिस्पर्धा हुनेछ । भने दिनको दोस्रो खेलमा सेमिफाइनल पुगिसकेका एपीएफले लुम्बिनीको सामना गर्नेछ ।


क्याटेगोरी : खेलकुद, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस