क्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेल खेल्दै छ ।
यस खेलमा क्यानडाले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै यस खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।आजको खेलमा नेपालले तीन परिवर्तन गरेको छ । नेपालले आजको खेलमा कुशल भुर्तेल, आरिफ सेख र ललित राजबंशीलाई आराम दिएको छ भने आकाश चन्दले एकदिवसीय डेभ्यु गर्ने भएका छन् । त्यस्तै आजको टिममा अनिल शाह र देव खनाललाई प्लेइङ ११ मा समावेश गरिएको छ ।
नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, भीम सार्की, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, सोमपाल कामी र आकाश चन्द ।
यस अघि विहिबार सम्पन्न सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्दै सिरिजमा १-० ले अगाडी रहेको छ । नेपालले यो खेल जितेर सिरिजमा आफ्नो कब्जा सुनिस्चित गर्न चाहने छ भने क्यानडाले यो खेल जितेर सिरिजमा कमब्याक गर्न चाहने छ ।
नेपालले सिरिजको तेस्रो खेल १२ फेब्रुअरी अर्थात माघ २९ गते हुने छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #क्रिकेट
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस