Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलअमेरिकाअमेरीकामा पारस खड्कालाई समर्पित साथी कप

अमेरीकामा पारस खड्कालाई समर्पित साथी कप


काठमाडौँनेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई समर्पित गरेर अमेरीकाका बाल्टिमोरमा साथी कप क्रिकेट प्रतियोगिता आयोजना भएको छ ।

प्रतियोगिताको उद्घाटन हुँदा पारसले लगाउने ७७ नम्वरको जर्सीलाई आयोजक टिमले मैदानको विचमा राखेर सम्मान जस्तै दिएका थिए ।

१० बर्ष नेपाली टिमको कप्तानी गरेका पारसले अन्तराष्ट्रिय खेलाडी जीवनबाट पनि सन्यास लिएका छन ।

पारसले नेपाली क्रिकेटलाई गरेको योगदानको कदर गर्दै आयोजकले यो प्रतियोगितालाई पारसलाई समर्पित गरेका हुन ।

६ टिमको सहभागिता रहेको प्रतियोगिता आज सकिँदैछ ।

सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर प्रतियोगिता आयोजना गरिएको थियो ।

बाल्टिमोर र अरु स्टेटमा रहेका नेपाली क्रिकेट क्लव सहभागि प्रतियोगिताको यो पहिलो संस्करण हो ।

अर्को संस्करणमा यसलाई अझ ठूलो गर्ने योजना आयोजकको रहेको छ । त्यो बेला नेपालबाट पनि खेलाडी बोलाउने योजना आयोजकको छ ।


क्याटेगोरी : खेलकुद, अमेरिका


तपाईको प्रतिक्रिया दिनुहोस