Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविचारदलित इतिहास र वर्तमान

दलित इतिहास र वर्तमान


‘कामी, सार्की, दमाई, कर्मी खोसे इलम पनि विग्रन्छ । कारखाना पनि विग्रन्छ । कोते, पिपा, जमादार, खलासी एक पनि नखोसेस् । यिनलाई खोस्नु वडो अनविवेक हुन्छ, किनभने यी थोरै खाई धेरै काम गर्छन् ।’

जंगबहादुर राणा आफू बेलायत भ्रमणमा रहेको बेला आफ्ना भाइ तत्कालीन कार्यवाहक प्रधानमन्त्री बमबहादुर राणालाई कामी दमैको जागिर नखोस्नु भन्दै आफ्नै हातले लेखेको पत्र कमल दीक्षितको ‘जंग गीता’ (२०४०:११)

पृथ्वीनारायण शाहले कालू पाँडेलाई त्यतिबेलाको प्रधानमन्त्री जस्तो काजी पद दिने घोषणा गरेपछि उनी सरासर बिसे नगर्चीको (दमै) घरसम्म पुगेर कालुले ‘राजाबाट बक्सेको काजी खाऊँ कि नखाऊँ’ भनी सल्लाह माग्दा ‘महाराजबाट बक्सेको शिर चढाई काम गर्नुपर्छ, खानुहोस् भनी सल्लाह दिएपछि बल्ल कालु पाँडेले काजी पद स्वीकार गरेको ‘प्राचीन नेपाल’ सङ्ख्या २१ (२०२९ कात्तिकः२०) उल्लेख छ। यसबाट के प्रष्ट हुन्छ भने गोर्खा देशको प्रधानमन्त्री (काजी) जस्तो उच्च पद पाउँदा पनि बिसे नगर्ची दमैको अनुमति सल्लाह माग्न जाने भनेपछि त्यतिबेला राज्यमा उनको शानमान कति थियो होला ?

नेपाल एकीकरणको महान अभियानमा नुवाकोट कब्जा गर्न धर्मपानीको मोर्चाबाट चौतारिया महोद्दामकीर्ति शाह, अशोकबारीको मोर्चाबाट बलभद्र शाह र कालु पाँडे, र गेर्खुको बाटो जहाँगिर शाह तीनघारेको मोर्चाबाट स्वयम् पृथ्वीनारायण शाह अगाडि बढेका थिए र पृथ्वीनारायण शाहको मोर्चामा बानादार दमाई, मणिराम गाइने, बिसे नगर्ची सरिक भएर युद्ध लडेका थिए पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ संख्या २१ (उहीः२८) युद्ध जितिसकेपछि ब्राह्मणबाट वेद वाचन र जयघोष भयो, नगरा बज्यो, नगरा बजाउने काम बिसे नगर्ची र बानादार दमाईले गरेका र उनीहरुलाई मणिराम गाइनेले सारङ्गी बजाएर बिजय उत्सव मनाएका थिए।

सिह्रानचोकको युद्धमा पनि बिसे नगर्ची दमै लडेका थिए , १४ साउन १८१२ शनिबार गोरखालीको जीत भयो, युद्ध जेतेर दरबार कब्जामा आएपछि दरबारको सैन्य अधिकारीहरुलाई बिसे नगर्ची दमैको धोती टाँगेर त्यो मुनिबाट छिर्न लगाएका थिए हेर्नुस् ‘पूर्णिमा’ पूर्णाङ्क ६ (२०२२:४६–४७)  ‘लमजुग्या सर्दार महीधरसमेतलाई विस्या नगार्चीको धोती लगी सर्दार बलभञ्जनबाहेक अरु सबैलाई छिराया । शाके १६७७ (वि.सं. १८१२) श्रावणका १४ दिन जाँदा शनैश्चरबार घडी १८ मा सिरानचोक जित भयो । सिरानाचोक थामी चौविसी हटाया, पश्चिम थेग्लाया…’
जम्मा एकजना सर्दार बलभञ्जन बाहेक दरबारमा राजाको जी हजुरी गर्दै बस्ने सबै पुरेत पण्डित बाहुन क्षेत्री गुरुङ मगर तामाङ जो जो थियो बिसे नगर्चीको धोती मुनि गोर्खाली सेनाले छिराएका थिए।

नेपालको दलित आन्दोलनको संक्षिप्त इतिहास, (२०६३:४७)मा पृथ्वीनारायण शाहले येखाजङ्ग विश्वकर्मा (कामी) लाई बनारसबाट ल्याएर गोरखाली सैनिकलाई हतियार चलाउने तालिम दिएको उल्लेख गरिएको छ ।यसबाट आधुनिक हतियारको कालीगढका लागि मुसलमान र प्रशिक्षणका लागि येखाजङ्गलाई बनारसबाट पृथ्वीनारायण शाहले ल्याएको भन्ने बुझ्न सकिन्छ।

विश्वकर्मा (उही) अनुसार पृथ्वीनारायण शाहका कालमा उनलाई साथ सहयोग दिने श्रमिक तथा शिल्पी समुदायका अगुवाहरुमा बिसे नगर्ची र येखाजङ्गसँगै कालु सार्की, जसवीर कामी तथा मनिराम गाइनेको योगदान पनि महत्वपूर्ण रहेको छ । तीमध्ये कालुले सैनिकले लगाउने छालाको टोपी, तोपको दाप, खुँडा, खुकुरी, धनुकाँड सुरक्षित राख्ने झोला, बन्दुक बोक्ने पेटीजस्ता छालाका सामग्री बनाउँथे।

यस्तै जङ्गल फाँडेर गोल बनाई फलामका खुँडा, खुकुरी, तरबार, कटारी, छुरी, भाला, धनुकाँड जस्ता हतियार बनाउने काम जसवीर कामीले गर्थे। मणिराम गाइनेले चाहिं विभिन्न भागमा डुलेर गीत गाउँदै सुराकी गर्ने काम गर्थे। पृथ्वीनारायण शाहले काँसीबाट तिर्थव्रत फर्किंदा गाईको मासु खाने मुस्लिम वस्तादहरुको टोली बोकेर आएको थियो त्यति मात्रै होइन युद्धमा जातीय छुवाछूत व्यवस्था केही नमान्नु भनेर हुकुम दिएका थिए जबकि भारतको इतिहास हेर्दा थुप्रै हिन्दु राजाहरूको युद्धमा पनि अलगअलग भान्सा हुने व्यवस्था गरेको हुन्थ्यो।

महान नेपालको निर्माणमा प्राविधिक technology देखि राज्य संचालन गर्ने सल्लाह समेत दिने वीर लडाकु बिसे नगर्ची सिल्पकारको सन्तान आज गोराहरुले फालेको दुई चार पैसा पाएपछि यसका मुखियाहरुले “दलित” को साइनबोर्ड सबै सिल्पकारको छातीमा झुन्डाउदै छ ! अनि बुझ्नु न सुन्नु बाँदर उफ्रेको भन्दा ३ हात बढी उफ्रदै भन्छ “गर्वले भनौं हामी दलित हौं” भन्दै ! ए…… मुर्ख हो ! दलित भनेको दलन दलेको दमन गरेको हो । त्यसो हो भने जंगबहादुर राणाले १९९० को मुलुकी ऐनमा हामी तामाङलाई मासिन्या मतुवालीमा राखेको थियो। हामी माथि पनि भेदभाव भएको थियो । अब के हामी पनि आफुलाई तामाङ भन्न छोडेर “मासिन्या जाति” को साइनबोर्ड झुन्डाएर हिडुँ ? हामीलाई कदापि स्वीकार्य छैन। म गर्वले भन्छु जातले तामाङ हुँ !

मल्ल शासनकालमा जयस्थिति मल्लले सन् १३६०-१३९५ मा काठमाडौको नेवारी समाजलाई ‘चार वर्ण चौसट्ठी जात’ को व्यवस्था गरी छुवाछूत कानुन बनाएको थियो। आजको नगरकोटी , बलामी, तन्डुकार सबैलाई जयस्थिती मल्लले दलित बनाएका हुन् । तर तपाईंहरुले जस्तो तिनीहरुले दलित तन्डुकार, दलित नगरकोटी, दलित बलामी, भनेर साइनबोर्ड झुन्डाएर भत्ता माग्दै हिंडेका भए अहिलेसम्म दलितको भेदभावको शिकार हुनुपर्ने थियो । अब अहिले कसले दलित भनेर भेदभाव गर्न सक्छ यी जातिहरुलाई ? छ काहीं उदाहरण? सबै बराबर भैसकेको छ । इतिहासको पानामा सिमित भैसकेको छ।

त्यस्तै तपाईंहरु पनि आफ्नो परिचय दलित राख्न छोडेर आउनुस मुल प्रवाहमा यदि छोड्न चहानु हुन्न भने आउने ५०० बर्षमा पनि तपाईहरुको सन्तानले कहिल्यै शिर ठाडो पारेर बोल्न सक्ने छैन किनकि त्यतिबेला पनि तपाईंहरुको सन्तानको खल्तीमा परिचय नै दलेर राखेको जात भनेर परिचय देखाएपछि दल्ने जातको अगाडि कसरी शिर ठाडो हुनसक्छ ? मैले मासिन्या जातिको साठिपिकेट बोकेर हिंड्ने हो भने पशुपतिशमशेर राणाको अगाडि मेरो शिर कसरी ठाडो हुन्छ? अत: घरमा भएको फ़ोहोर हामी आफैं सफा गरौं, अर्काको घरमा गए पनि त्यही फोहरी घरबाट आएको भनी हाल्छ । न पत्याए भर्खरै भारतमा क्रिस्चियन दलित सम्मेलन सम्पन्न भयो । नेपालको तर्फबाट पनि गएका थिए केही दलितहरु। हिजो क्रिस्चियन बनाउने बेला हाम्रोमा सबै मानव बराबर हुन्छ, मान्छेको जातभात हुँदैन भन्दै लगेर अहिले क्रिस्चियन भित्र दलित सम्मेलन गरेर आफ्नो रंग देखाई हाल्यो । केही समयपछि क्रिस्चियन ब्राह्मण सम्मेलन पनि गर्ने छन्; अनि त्यहीँ क्रिस्चियन ब्राह्मण र क्रिस्चियन दलित लडाएर बस्ने छ । बेलैमा होस् पुर्‍याउ चेतना भया।( Mohan जीको वालबाट)


क्याटेगोरी : विचार, समाज



तपाईको प्रतिक्रिया दिनुहोस