गृहपृष्ठ ∕ समाज ∕ ५ वर्षीया बालिका बलात्कार गर्नेलाई १ वर्ष कैद ५ वर्षीया बालिका बलात्कार गर्नेलाई १ वर्ष कैद दीप संञ्चार जेठ २१, २०७६ गते १२:४९ मा प्रकाशित उदयुर : ५ वर्षीया बालिकालाई यौनदुव्र्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरका १२ वर्षीय बालकलाई जिल्ला अदालतले सोमबार १ वर्ष कैद फैसला सुनाएको छ। जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले बालकलाई १ वर्ष कैद र क्षतिपूर्तिवापत ५० हजार जरिवानाको फैसला सुनाएको हो।कसुरदार नाबालक रहेकाले बालबालिका ऐनअनुसार उमेर पुगेकाको हकको आधा सजाय हुने व्यवस्था अनुरुप यस्तो फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार राजकुमार आचार्यले बताए । उनले भने, ‘उमेर पुगेको भए दुई वर्ष कैद हुने थियो, बालक नै ठहरिएकाले आधा सजाय निर्धारण गरियो।’ कसुरदारले ०७५ फागुन १८ गते बलात्कारको प्रयास गरेको भन्दै पीडित परिवारले सोही दिन इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा जाहेरी दिएका थिए।घटनालगत्तै फरार रहेका कसुरदारलाई प्रहरीले फागुन १९ गते पक्राउ गरेको थियो। घटनाको अनुसन्धानबाट कारवाही हुने देखिएपछि अदालतले फागुन ३० गते उनलाई पुर्पक्षका लागि बालसुधारगृह बिराटनगर पठाउने आदेश दिएको थियो।उनलाई अदालतले ०७६ जेठ २० गते कसुर ठहर गर्दै जेठ २० मा सजाय निर्धारणका लागि पुनः पेश गर्न आदेश दिएको थियो। अन्नपूर्ण पोष्टमा समाचार छ ।क्याटेगोरी : समाजट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहरपर्वतमा एक दम्पतिको विभत्स हत्या धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट