कैलाश पर्वत – हिन्दूधर्मको सबैभन्दा पवित्र तीर्थस्थल
काठमाडौं – कैलाश पर्वतलाई भगवान शिवको निवास मानिन्छ । यो हिन्दूधर्मको सबैभन्दा पवित्र तीर्थस्थल पनि हो । कैला पर्वत एक रहस्यमयी पर्वत हो जसमा आजपनि धेरै राज जोडिएको छ । कैलाश पर्वतलाई धर्तीको केन्द्र नि मान्ने गरिएको छ । मानसरोवर स्थित कैलाश पर्वतमा साक्षात भगवान शिव विराजमान छन् भन्ने हिन्दूहरुको मान्यता रहेको छ । त्यसैले पनि जीवनमा एकपटक कैलाश मान सरोवरमा जानैपर्ने हिन्दूहरुको धार्मिक मान्यता रहेको छ
कैलाश पर्वत समुद्री सतहदेखि २२ हजार ६८ फिट उचाईमा पर्छ । तथा हिमालयको उत्तरी क्षेत्र स्थित तिब्बतमा रहेको छ यो हिमाल । पोखरीले घेरिएको कैलाश पर्वत्को महत्व यसले झनै बढाएको छ ।
प्राचीन कालदेखि नै विभिन्न धर्मको लागि यसको विशेष महत्व रहेको छ । यस स्थानको बारेमा लेखिएका विभिन्न मत तथा लोक कथाहरुको कारण पनि यसको महत्व झनै बढेर गएको छ ।
चार धर्मको तीर्थस्थल :
कैलाश मान सरोवर तिब्बती बौद्ध धर्म, अरु सबै देशले मान्ने बौद्ध धर्म, जैन धर्म र हिन्दू धर्मको महत्वपूर्ण तीर्थस्थल हो । तिब्बतीहरुको मान्यता रहेकोे छ कि यहाँ धेरै वर्ष पहिले एक सन्त कविले त्यहाँ गुफामा बसेर तपस्या गरेको थिए । बौद्ध भगवान बुद्ध तथा मणि पद्माको निवास मान्दछन् । जैनहरुको मान्यता आदिनाथ ऋषभदेव यो निर्माणस्थल अष्टपद मान्दछन् । उनीहरुको आनुसार ऋषभदेवले आठ पाईलामा कैलाशको यात्रा गरेका थिए ।
कैलाश क्षेत्र :
यस क्षेत्रलाई स्वयम्भू भनिन्छ । वैज्ञानिक मान्यता त यो छ कि भारतीय उपमहाद्वीपको पहिलो समुद्र रहेको मानिन्छ । यसको रसियाको भूमिदेखि हिमालयको सुरुवात भएको थियो भन्ने छ । यो घटना १० करोड वर्ष पहिले घटेको थियो ।
भारत तथा चीनका नदीहरुको उद्भव स्थल :
कैलाश पर्वतको चार दिशाबाट चारवटा नदीहरुको सुरुवात भएको छ । ती नदीहरुमा ब्रह्मपुत्र, सिन्धु, सतलज र कर्णाली । यही नदीहरुबाट नै गंगा, सरस्वती सहित चीनका अरु नदीहरु पनि यही पर्वतबाट सुरु हुन्छ | कैलाशको चारै दिशामा विभिन्न जनावरहरुको मुख जस्तो आकृति देखिन्छ । पूर्वमा अश्वमुख रहेको छ । पश्चिममा हात्तीको, उत्तरमा सिंहको र दक्षिणमा याकको आकृति देखिन्छ ।
मृत्युको यात्रा :
स्वर्ग जस्तो यस स्थानमा सिर्फ योगी र ध्यानीहरुले मात्रै बसोबास गर्न सक्दछन् । जसलाई यस्तो वातावरणमा बस्ने आदत बसिसकेको छ । यहाँ चारैतर्फ कल्पना पनि नगरिएका पर्वतहरु रहेका छन् । अधिकांश पहाडको उचाई ३५०० मिटर भन्दा माथिका धेरै हिमालहरु त्यहाँ रहेका छन् ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस