Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलदाङ देउखुरी सेवा समाज कतारद्वारा बडा दशैको टीका ग्रहण तथा शुभकामना कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

दाङ देउखुरी सेवा समाज कतारद्वारा बडा दशैको टीका ग्रहण तथा शुभकामना कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)


दोहा – कतारमा स्थापित दाङ बासीहरुको सामाजिक संस्था दाङ देउखुरी सेवा समाज कतारले बडा दशै -२०७८को उपलक्ष्यमा ‘टिकाग्रहण तथा शुभकामना आदानप्रदान’ कार्यक्रम सम्पन्न गरेको छ।

दाङ देउखुरी सेवा समाज कतारका अध्यक्ष छबिलाल बुढाथोकीको सभापतित्वमा तथा संस्थाका प्रमुख सल्लाहकार हेम बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।त्यसैगरी उपस्थित बिशेष अतिथिहरुमा संस्थाका बरिस्ठ सल्लाहकार वसन्त राज पुरी, प्रेस तथा वरिष्ठ सल्लाहकार दिपजंग शाह, अतिथिमा समाजसेवी बिश्वराज भट्टराई लगाएत संस्थाका पदाधिकारीहरु दंगाली तथा गैर दंगाली दाजुभाई दिदिबहिनीहरुको उपस्थिति रहेको थियो।

नेपालीहरुको मौलिक चाड बडा दशैको पावन अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा संस्थाका बरिस्ठ सल्लाहकार तथा अग्रज ब्यक्तित्व वसन्त राज पुरीको हातबाट टिकाग्रहण तथा आशीर्वाद ब्यक्त गरिएको थियो।

संस्थाका द्वितीय उपाध्यक्ष राजन चापागाईद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा संस्थाकी महिला उपाध्यक्ष उषा परियारले स्वागत मन्तव्य राखेकी थिईन। एक आपसमा आत्मियता,सद्भाव र सहिष्णुताका लागि परिचयात्मक भेटघाट, टीका,भोजन ग्रहण लगाएत नाचगान गरि मनाईएको थियो।

कार्यक्रमको अन्त्यमा सभापति छबिलाल बुढाथोकीले उपस्थित सम्पुर्णलाई बिजया दशमी २०७८ को पावन अवसरमा शुभकामना ब्यक्त गर्दै प्रत्यक्ष अप्रत्यक्ष सहयोगी सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिए।


क्याटेगोरी : ग्लोबल, समाज
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस