गृहपृष्ठ ∕ ग्लोबल ∕ दाङ देउखुरी सेवा समाज कतारद्वारा बडा दशैको टीका ग्रहण तथा शुभकामना कार्यक्रम सम्पन्न (फोटो फिचर सहित) दाङ देउखुरी सेवा समाज कतारद्वारा बडा दशैको टीका ग्रहण तथा शुभकामना कार्यक्रम सम्पन्न (फोटो फिचर सहित) गणेश क्षेत्री कात्तिक १, २०७८ गते ५:४८ मा प्रकाशित दोहा – कतारमा स्थापित दाङ बासीहरुको सामाजिक संस्था दाङ देउखुरी सेवा समाज कतारले बडा दशै -२०७८को उपलक्ष्यमा ‘टिकाग्रहण तथा शुभकामना आदानप्रदान’ कार्यक्रम सम्पन्न गरेको छ।दाङ देउखुरी सेवा समाज कतारका अध्यक्ष छबिलाल बुढाथोकीको सभापतित्वमा तथा संस्थाका प्रमुख सल्लाहकार हेम बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।त्यसैगरी उपस्थित बिशेष अतिथिहरुमा संस्थाका बरिस्ठ सल्लाहकार वसन्त राज पुरी, प्रेस तथा वरिष्ठ सल्लाहकार दिपजंग शाह, अतिथिमा समाजसेवी बिश्वराज भट्टराई लगाएत संस्थाका पदाधिकारीहरु दंगाली तथा गैर दंगाली दाजुभाई दिदिबहिनीहरुको उपस्थिति रहेको थियो।नेपालीहरुको मौलिक चाड बडा दशैको पावन अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा संस्थाका बरिस्ठ सल्लाहकार तथा अग्रज ब्यक्तित्व वसन्त राज पुरीको हातबाट टिकाग्रहण तथा आशीर्वाद ब्यक्त गरिएको थियो।संस्थाका द्वितीय उपाध्यक्ष राजन चापागाईद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा संस्थाकी महिला उपाध्यक्ष उषा परियारले स्वागत मन्तव्य राखेकी थिईन। एक आपसमा आत्मियता,सद्भाव र सहिष्णुताका लागि परिचयात्मक भेटघाट, टीका,भोजन ग्रहण लगाएत नाचगान गरि मनाईएको थियो।कार्यक्रमको अन्त्यमा सभापति छबिलाल बुढाथोकीले उपस्थित सम्पुर्णलाई बिजया दशमी २०७८ को पावन अवसरमा शुभकामना ब्यक्त गर्दै प्रत्यक्ष अप्रत्यक्ष सहयोगी सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिए। क्याटेगोरी : ग्लोबल, समाजट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै