गृहपृष्ठ ∕ ग्लोबल ∕ दाङ देउखुरी सेवा समाज कतारद्वारा बडा दशैको टीका ग्रहण तथा शुभकामना कार्यक्रम सम्पन्न (फोटो फिचर सहित) दाङ देउखुरी सेवा समाज कतारद्वारा बडा दशैको टीका ग्रहण तथा शुभकामना कार्यक्रम सम्पन्न (फोटो फिचर सहित) गणेश क्षेत्री कात्तिक १, २०७८ गते ५:४८ मा प्रकाशित दोहा – कतारमा स्थापित दाङ बासीहरुको सामाजिक संस्था दाङ देउखुरी सेवा समाज कतारले बडा दशै -२०७८को उपलक्ष्यमा ‘टिकाग्रहण तथा शुभकामना आदानप्रदान’ कार्यक्रम सम्पन्न गरेको छ।दाङ देउखुरी सेवा समाज कतारका अध्यक्ष छबिलाल बुढाथोकीको सभापतित्वमा तथा संस्थाका प्रमुख सल्लाहकार हेम बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।त्यसैगरी उपस्थित बिशेष अतिथिहरुमा संस्थाका बरिस्ठ सल्लाहकार वसन्त राज पुरी, प्रेस तथा वरिष्ठ सल्लाहकार दिपजंग शाह, अतिथिमा समाजसेवी बिश्वराज भट्टराई लगाएत संस्थाका पदाधिकारीहरु दंगाली तथा गैर दंगाली दाजुभाई दिदिबहिनीहरुको उपस्थिति रहेको थियो।नेपालीहरुको मौलिक चाड बडा दशैको पावन अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा संस्थाका बरिस्ठ सल्लाहकार तथा अग्रज ब्यक्तित्व वसन्त राज पुरीको हातबाट टिकाग्रहण तथा आशीर्वाद ब्यक्त गरिएको थियो।संस्थाका द्वितीय उपाध्यक्ष राजन चापागाईद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा संस्थाकी महिला उपाध्यक्ष उषा परियारले स्वागत मन्तव्य राखेकी थिईन। एक आपसमा आत्मियता,सद्भाव र सहिष्णुताका लागि परिचयात्मक भेटघाट, टीका,भोजन ग्रहण लगाएत नाचगान गरि मनाईएको थियो।कार्यक्रमको अन्त्यमा सभापति छबिलाल बुढाथोकीले उपस्थित सम्पुर्णलाई बिजया दशमी २०७८ को पावन अवसरमा शुभकामना ब्यक्त गर्दै प्रत्यक्ष अप्रत्यक्ष सहयोगी सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिए। क्याटेगोरी : ग्लोबल, समाजट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल