Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए अध्यक्षमा डा के सीको उम्मेदवारी घोषणा, प्यानलका श्रेष्ठ, क्षेत्री र दाहाल अनुपस्थित

एनआरएनए अध्यक्षमा डा के सीको उम्मेदवारी घोषणा, प्यानलका श्रेष्ठ, क्षेत्री र दाहाल अनुपस्थित


गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशन तथा विश्व सम्मेलनका लागि संघका उपाध्यक्ष डा बद्रि के सीले औपचारिक रुपमा अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेका छन्।

अक्टुवर ५, २०२१ मंगलबार काठ्माण्डौको एलिस हल, गौरीधारा, बालुवाटारमा उम्मेदवारी घोषणा कार्यक्रमको आयोजना गर्दै आफू अध्यक्ष पदका लागि उम्मेद्वार रहेको घोषणा गरेका छन्। उनले आफूसँग भावना मिल्ने साथीहरुसंग सहकार्य गर्दै प्यानल बनाएको बताए। तर पनि उनको प्यानलका उम्मेद्वारहरु उपाध्यक्षमा महेश श्रेष्ठ र डिबी क्षेत्री अनि कोषाध्यक्षका लोक दाहाल उपस्थित भएनन्। दाहालले आफू कुल आचार्यको टिमबाट उम्मेदवार भएको कुरा कुल आचार्यको एक कार्यक्रममा एक दिन पहिला नै घोषणा गरेका छन्।

समृद्धि र रुपान्तरण हाम्रो साझा अभियान भन्ने नारा बोकेका के सीको प्यानलमा उपाध्यक्षमा डा हेम राज शर्मा, महेश कुमार श्रेष्ठ, डिबी क्षेत्री, धर्मराज अधिकारी, यसमिन बेगम सैयद, महासचिवमा गौरीराज जोशी, सचिवमा टिका गुरुङ, रामशरण सिमखडा, ओम गुरूगं र चिरन्जीबी घिमिरे, कोषाध्यक्षमा लोक प्रसाद दाहाल (कुल आचार्य टिममा जाने घोषणा सार्वजनिक लाइभमा गरिसकेका), महिला सहकोषाध्यक्ष यमुना भट्टराई, महिला संयोजकमा संगिता मरहट्टा, युवा संयोजकमा मिलन छन्त्याल रहेका छन्। केहि सिट अझै खाली रहेका छन्।

उनीहरुमध्ये महेश श्रेष्ठले केहि पनि बोलेका छैनन् तर लोक दाहालले कुल आचार्यको प्यानलमा जाने घोषणा नै गरेका छन। डिबी क्षेत्रीले रेकर्डेड शुभकामना दिए तर समर्थन भने जनाएनन्। उपाध्यक्षका उम्मेदवार बनेका डा हेमराज शर्मासँगको टसल्लि र नेकपा माओबादी केन्द्रको ह्विपका कारण डिबी क्षेत्री उम्मेदवार नै नहुने मनसायमा पुगेको कुरा माओवादी नजिक श्रोतले बताएको छ।

डा के सीले गरेको प्रतिबद्धता पत्रमा उपाध्यक्षका उम्मेदवार हेमराज शर्मालाइ अर्को पल्ट अध्यक्ष कसरी बनाउने भन्ने कुरामा बढी खर्च गरिएको देखिएको छ। मध्येपूर्वलाइ फोकस गरिएको भएता पनि तात्विक रुपमा त्यो ढर्रा पुरानो नै हो। बिधार्थी र भिजिट भिसाकाहरुलाइ पनि सदस्यता दिन पहल गर्ने कुरा नेपाल सरकारको ब्याख्याको बिरुद्धमा छन्। तर अर्को मुलुकको नागरिक बनेका र नेपाल सरकारको ब्याख्या अनुसारको वास्ताविक एनआरएनहरुलाई भने वेसास्ता गरिएको छ। यसबाट संघमा चलेको क्लासिक रसियन मार्काको गन्ध प्रष्ट रुपमा देखिएको छ। अहिले चर्केर गएको नेपाली मुलका बिदेशीलाइ लत्याउनुका कारण उनलाई युरोप क्षेत्र, बेलायत, अमेरिकाज क्षेत्र र ओसियाना क्षेत्रको भोट कम पर्ने देखिन्छ।

उनको प्यानलमा रहेका व्यक्तिहरु कुनै न कुनै रुपमा कि त अर्को प्यानलमा गएका, कि विवादित कि आरोपित छन्। खासगरी महेश श्रेष्ठ र लोक दाहाल कुल आचर्यको प्यानमा छन्। हेमराज शर्मा सँस्था धरासायी बनाउने प्रमुख सड्यन्त्रकारी हुन्। गौरी जोशी सदस्यता र एनसीसी अमेरिकालाइ सपथ ग्रहण गर्न साधारण सभामा नै नदिन हुलदङ्गा गर्ने, एमआइएस डाटा दुरुपयोग गरेर केहि एनसीसीहरु जापान, चिली लगायत देशमा विवादित गर्ने व्यक्ति हुन्। धर्मराज अधिकारी माधव नेपालको एस पार्टी नजिक भएकाले कुनै पनि बेला लवी परिवर्तन गर्ने पक्षमा छन्।

यसमिन बेगम सैयद र उनका श्रीमान राजु सैयदले नेपालीहरुलाई मुश्लिम बनाउन ठेक्का लिने सँस्था साउदीमा खोलेको आरोप लागेको छ। यति मात्र होइन भारतीय “र” एजेण्ट त्यो सँस्थामा पाकिस्थानको संलग्नता भए-नभएको हेर्न पछाडी परेको कुरा केहि समय पहिला सामाजिक संजाल फेसबुक ग्रुपतिर आएको थियो।

त्यसैगरी रामशरण सिमखडाले बेलातयमा पेपर फ्रड गरेको केशका समाचार आएका नै छन्। ओम गुरूगं पनि जापानको चुनावमा मुछिएका व्यक्ति हुन। महिला सहकोषाध्यक्ष यमुना भट्टराई कहिले यता कहिले उता रत्यौली गर्छिन। अमेरिका बसेर अमेरिका बिरुद्ध लाग्ने तर आफू ओली कम्युनिष्ट पार्टीकी सिपाही भन्छिन।

अबश्य पनि डा बद्रि के सीको गैरआवासीय नेपाली संघमा लामो योगदान छ। उनि अध्यक्षका लागि योग्य उम्मेदवार हुन् तर पनि उनको प्यानलका सबैजसो उम्मेदवारहरु कुनै न कुनै रुपमा विवादित र गन्हाएकाहरु धेरै छ्न। त्यो नै उनको लागि सबै भन्दा चुनावी रुपमा इस्यू उठ्ने घाटाको कुरा हो। उनका प्रतिद्वन्दी कुल आचार्यको प्यानलमा पर्न अझै पनि लाइन छ। तर उनीतिर भने अर्कातिर गएका पनि बटुल्नु पर्नु अर्को कम्जोर पक्ष हो। त्यसमाथि उनि माथि आइएलओ प्रोजेक्टको विवाद त छँदै छ। त्यो प्रोजेक्टमा अनियमितता भएको कुरा उनि आफैंले बोलेका छन्।


क्याटेगोरी : ग्लोबल, समाज
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस