Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरसुदूरपश्चिम प्रदेशधनगढीमा भेटिए एक कोरोना संक्रमित, नेपालमा आजसम्म ४ को पुष्टि

धनगढीमा भेटिए एक कोरोना संक्रमित, नेपालमा आजसम्म ४ को पुष्टि


काठमाडौंं – कोरोना भाइरसबाट थप एक नेपाली संक्रमित भएका छन् ।

धनगढीमा एक व्यक्तिमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो । यससँगै उनी नेपालमा कोरोना संक्रमण हुने चौथो व्यक्ति हुन् ।

हिजो आठवटा स्याम्पल आएकोमा त्यसमध्ये एक जनाको पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।

संक्रमित व्यक्ति दुबईबाट फर्किएको र उनको प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार