गृहपृष्ठ ∕ प्रदेश खबर ∕ सुदूरपश्चिम प्रदेश ∕ अब अविवाहित महिलाले भत्ता पाउने अब अविवाहित महिलाले भत्ता पाउने दीप संञ्चार कात्तिक ६, २०७६ गते १०:३९ मा प्रकाशित डोटी, जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ ।विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो ।आगामी मङ्सिरबाट उक्त भत्ता दिइने तथा त्यसका लागि नगरभित्र रहेका अविवाहित महिलाको तत्थ्याङ्क सङ्कलनकार्य भइरहेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले बताए ।नगरपालिकाले विवाह नगरी एकल जीवनयापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्मका लागि उक्त सामाजिक सुरक्षा नामक भत्ता दिने तथा उहाँहरुलाई सीपमूलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिइने नीति लिएको छ ।यसअघि बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुरभत्ता दिएको थियो । सरकारले एकल महिलालाई भत्ता दिइरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय विसं २०७५ भदौमा गरेको थियो भने दिपायल सिलगढी नगरपालिकाले पहिलोपटक विवाह नगरी बसेका एकल महिलालाई भत्ता दिने पहिलोपटक निर्णय गरेको हो ।नगरपालिकाले सीपमूलक तालीम तथा भत्ता दिने निर्णय गरेपछि यहाँका अधिकांश विवाह नगरी एकल जीवनयापन गरिरहेका महिला निकै खुशी भएको नगर उपप्रमुख शिवराज खड्काले बताए । -राससक्याटेगोरी : सुदूरपश्चिम प्रदेशट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको मत३० दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकारनिर्वाचित भैसकेपछि ५ वर्ष अघिदेखि अधुरा रहेका कामलाई पूर्णता दिनेछु…कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाही धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ७नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट हिमपातका कारण चीनका विद्यालयमा अनलाइन पढाइ एनसेल प्रकरणमा प्रतिक्रियावादीहरुले दुस्प्रचार गरे : प्रधानमन्त्री प्रचण्ड छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ नेपालमा लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री महत रूसी सेनामा २०० भन्दा बढी नेपाली भर्ती भएको प्रधानमन्त्रीको भनाइ सेयर कारोबार ५ महिनायताकै उच्च, घट्यो नेप्से कांग्रेस कार्यसम्पादन समितिको बैठक मङ्सिर २९ गते राष्ट्रियसभा निर्वाचन : पाँच दलले दिए दलदर्ताको निवेदन